ghar sansar

सुदूरपश्चिम पूर्व राष्ट्र सेवक समाजले मनायो प्रथम बार्षिकोत्सव

अनाथालयमा बालबालिकालाई दिवा खाजा, समुन्नत ‘राष्ट्र निर्माणमा हर तरहले योगदान दिने प्रतिवद्धता

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम पूर्व राष्ट्र सेवक समाजले आफ्नो प्रथम बार्षिकोत्सव (स्थापना दिवस) मनाएको छ ।

प्रथम स्थापना दिवसको अवसरमा समाजले समाज कल्याण अञ्चल बाल अनाथालयका बालबालिकालाई दिवा खाजा खुवाएको छ । अनाथलयमा कार्यक्रम गरी खाजा खुवाईएको छ ।

होटेल हिमालयमा स्थापना दिवसको औपचारिक कार्यक्रम गरिएको छ । समाजका केन्द्रीय सह सचिव धनी ठकुरी विशेष अतिथि भएको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष पूर्व न्यायाधीश धन सिह महराले गरे ।

समाजका पदाधकारी, सदस्य, आजीवन तथा साधारण सदस्य सहित पूर्व राष्ट्र सेवक सहभागी कार्यक्रमको सञ्चालन समाजका शाखा सचिव पूर्व प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्ट गरे ।

समाजका सचिव विष्टले कार्यक्रममा समाजको आवद्धता बिस्तारका साथै सेवा निवृत्तका ज्ञान,सीप र अनुभवलाई समाज सेवामा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

dirghayi clinic

भविष्यमा आफुहरूको लामो अनुभव,ज्ञान,सीप र क्षमताको उपयोग गर्दै समुन्नत ‘राष्ट्र निर्माणमा हर तरहले योगदान पु¥याउने छौ’ सचिव बिष्टले भने ।

काठमाण्डौमा केन्द्रिय कार्यालय रहेको समाजको मुखपत्र ’’देवभूमि’’ को काठमाणडौमा नै फागुन ५ गते बिमोचन समेत गरिएको छ ।

बिभिन्न सरकारी सेवा (निजामती,जंगी, प्रहरी,शिक्षक,संस्थान समेत) मा लामो समय सेवारत रही सेवा निबृत्त भएका पुर्व राष्ट्र सेवकको हक हित एबम् कल्याण र समाज सेवा मार्फत राष्ट्र निर्माणमा योगदान पुगाउन २०८१ मा समाज स्थापना गरिएको हो ।

सुदूरपश्चिम प्रदेशमा जन्मथलो भई मुलुक र मुलुक बाहिर विभिन्न स्थानमा रहे बसेका सेवा निबृत राष्ट्र सेवकहरू यस संस्थाका सदस्य हुने विधानको व्यवस्था बमोजिम संस्थामा आवद्धता हुन सक्ने व्यवसथा छ ।

स्थानीय प्रशासनको स्वीकृति÷अनुमति लिई कंचनपुर जिल्लामा समेत शाखा कार्यालय बिस्तार गरिएको छ ।

    

Himal dental
सम्बन्धित
Loading...