ghar sansar

चुनावी वाचा अनुसार काम गरेको भन्दै एमाले उम्मेदवार डा. भट्टलाई दोधारा चाँदनीका वासिन्दाले लगाए हजारी फूलमाला

little buddha academy
khasi

महेन्द्रनगर । चुनावी प्रचारमा दोधारा चाँदनी पुगेका कञ्चनपुर ३ का एमाले उम्मेदवार डा.दिपक प्रकाश भट्टलाई स्थानीयले हजारी फूलको माला लगाई दिएका छन् । दोधारा चाँदनी नगरपालिका १० मा बुधबार उम्मेदवार भट्टलाई फूलमाला लगाइएको छ ।

भट्ट उम्मेदवारी दर्तापछि चुनावी प्रचारमा सक्रिय छन् । २०७४ मा निर्वाचित भएपछि भट्टले चुनावी वाचा अनुसार कामकाज गरेको भन्दै हजारीको फूलमाला लगाएको स्थानीयले बताए ।

,orning glory badhai

बुधबार उनी दोधारा चाँदनीमा चुनावी प्रचारमा सक्रिय भएका छन् । निर्वाचन आयोगको निर्देशन अनुसार चुनावी प्रतिवद्धता बनाएर उनी सबै मतदातासम्म पुगेका छन् ।

dirghayi clinic

डा. भट्टले चुनावी प्रतिवद्धतालाई डिजिटल माध्यमबाट मतदातासम्म पुगाउन थालेका छन् ।

एमाले कञ्चनपुरका प्रचार विभाग प्रमुख जनकराज अवस्थीले समय सापेक्ष र डिजिटल प्रविधिको प्रयोग र विस्तारलाई प्रभावकारी बनाउन डिजिटल माध्यमबाट पुगाउन थालिएको बताए ।

भीमदत्त, बेदकोट नगरपालिका र दोधारा चाँदनीका सबै ३० वडामा डा. भट्टले चुनाव प्रचार तीव्र बनाएका छन् ।

कञ्चनपुर ३ मा डा. भट्ट सहित १७ उम्मेदवार चुनावी मैदानमा छन् । डा. भट्टले यस अघि पूर्व गृहमन्त्री रमेश लेखकलाई पराजित गरेका थिए ।

यस पटक लेखक चुनावी मैदान बाहिर छन् । काँग्रेस विशेष महाधिवेशनपछि लेखक उम्मेदवार हुन रोकिएका हुन् ।
काँग्रेसबाट पूर्व जिल्ला सभापति हरि बोहरा उम्मेदवार छन् ।

Himal dental
सम्बन्धित
Loading...