ghar sansar

अघिल्लो निर्वाचनमा साथ दिएका मतदाताको विश्वासले अहिले चुनाव जित्नेमा आशावादी छन् बचन

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर–२ का एमाले उम्मेदवार बचन बहादुर सिंहले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका यतिबेला घरदैलो तथा कोण सभामार्फत जनतामाझ पुगेर मत मागिरहेका छन् ।

कृष्णपुरको वाणीमा आयोजित कोण सभालाई सम्बोधन गर्दै उम्मेदवार सिंहले विगतको निर्वाचनमा आफूलाई मतदान गर्ने मतदाताप्रति धन्यवाद व्यक्त गर्दै यसपटक संघीय निर्वाचनमा अत्यधिक मत दिएर विजयी गराउन अपील गरेका छन् ।

,orning glory badhai

उनले भूमि विहीन, आरक्ष पीडित, पूर्वाधार अभाव तथा खानेपानी समस्यालगायतका मुद्दामा आफू पूर्ण जानकार रहेको उल्लेख गर्दै ती समस्याको दीर्घकालीन समाधानका लागि पूर्ण लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

“जनताले खोज्दै जाने होइन, जनतालाई खोज्दै आउने जनप्रतिनिधि बन्न चाहन्छु,” उनले भने। पत्रकार सम्मेलनमार्फत आफ्ना प्रतिबद्धता सार्वजनिक गरिसकेको उल्लेख गर्दै उनले हरेक तीन–तीन महिनामा तथा प्रत्येक वर्ष जनतामाझ आएर आफ्नो कामको ‘अडिट’ गराउन तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

विगतमा अन्य दललाई मत दिएका मतदातालाई यसपटक सूर्य चिन्हमा मतदान गर्न उनले आग्रह गरे । जनप्रतिनिधि निर्वाचित भएपछि फर्केर नआउने गुनासो रहेको उल्लेख गर्दै आफू जनताको साँचो सेवक बन्ने र असहाय तथा विपन्न नागरिकको अभिभावकको भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

dirghayi clinic

सिंहले यो निर्वाचन सामान्य नभई विशेष प्रकृतिको रहेको दाबी गर्दै यसलाई राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र देश विकासका पक्षधर शक्ति तथा देशलाई विदेशीको हातमा सुम्पिने राष्ट्रविरोधी शक्तिबीचको लडाइँको रूपमा चित्रित गरे ।

विकासका एजेन्डामा उनले दैजी–छेला औद्योगिक क्षेत्रको काम अघि बढाउने, बाढी डुबान र कटान नियन्त्रणका लागि तटबन्ध निर्माण गर्ने, शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउने तथा स्वास्थ्य सेवा सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।

कृषि व्यवसायीकरण, युवा रोजगारी तथा उद्यमशीलता विकास र सामाजिक सुरक्षाको प्रत्याभूति उनका प्राथमिकतामा रहेको बताए ।

लोकतान्त्रिक गणतन्त्र स्थापनाका क्रममा तत्कालीन शाही सेनाको गोली खाएको र व्यवस्था परिवर्तनका लागि जेल जीवनसमेत भोगेको स्मरण गर्दै उनले आफ्नो निर्वाचन क्षेत्रलाई नमूना क्षेत्रका रूपमा विकास गर्ने दृढ इच्छाशक्ति व्यक्त गरे ।

२०७९ को निर्वाचनमा पराजित भएको एमाले यसपटक हारको बदला लिने रणनीतिमा देखिएको छ ।

जनपरिचालन र प्रचारप्रसारलाई तीव्र बनाएको एमालेले कञ्चनपुर–२ मा आफ्नो पक्षमा माहोल बन्दै गएको दाबी गरेको छ ।

यहाँ मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुने एमालेको आकलन छ । कांग्रेसभित्रको असन्तुष्टि तथा विगतका प्रतिबद्धता पूरा नगरेको भन्दै एनपी साउदप्रति मतदाता रुष्ट देखिएको एमालेको दाबी छ ।

Himal dental
सम्बन्धित
Loading...