
चुनावी वाचा सार्वजनिक गर्दै रवि विरुद्ध खनिएका प्रलोपाका उम्मेदवार शाही चटक्कै आँखा छाडेर तारामा पुगे


महेन्द्रनगर । चुनावी वाचा सार्वजनिक गरि सकेपछि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का कञ्चनपुर १ का प्रत्यक्ष उम्मेदवार देपेन्द्र बहादुर शाही नेपाली कम्युनिष्ट पार्टी(नेकपा) प्रवेश गरेका छन् ।
उम्मेदवारी दर्तापछि आँखा चुनाव चिन्ह बोकेर मतदाताको घरदैलोमा पुगेका उनी बुधबार नेकपा प्रवेश गरी ताराका लागि मत माग्न थालेका छन् । उनी आफू सहित ५४ नेता–कार्यकर्ता लिएर नेकपा पुगेका छन् ।

केही दिन अघि चुनावी वाचा सार्वजनिक कार्यक्रममा उनी रास्वपा सभापति रवि लामिछाने विरुद्ध खनिएका थिए ।

प्रलोपा कञ्चनपुर जिल्ला प्रमुख तथा केन्द्रीय सदस्य अमर सिंह विष्ट पनि नेकपा प्रवेश गरेका छन् ।
बेलौरीमा पत्रकार सम्मेलन गरी चुनावी घोषणापत्र सार्वजनिक गरेका शाहीले निर्वाचन नजिकिँदै जाँदा वाम शक्तिहरूबीच एकता आवश्यक ठानेर नेकपामा समायोजन भएको बताए ।
कार्यक्रममा कञ्चनपुर क्षेत्र नम्बर १ की नेकपा उम्मेदवार बीना मगर ले नवप्रवेशी नेता–कार्यकर्तालाई स्वागत गर्दै राजनीतिक एकताले क्षेत्रको विकास र समृद्धिमा सकारात्मक सन्देश जाने बताउ ।
कार्यक्रममा नेकपाका नेताहरू देबीलाल चौधरी, भक्त बहादुर अधिकारी, मिनराज बडू, हरिराम चौधरी, जीवनराज थापा, धोखे राना, लक्ष्मण कुमाल, टेकबहादुर विक र बिरमान थापा लगायत सहभागी भएका छन् ।
