ghar sansar

बोहराको चुनावी प्रचारमा मतदातालाई के भन्दै छन् पूर्व गृहमन्त्री लेखक

little buddha academy
khasi

महेन्द्रनगर । पूर्व गृहमन्त्री रमेश लेखकले कञ्चनपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार हरि प्रसाद बोहराको चुनावी प्रचारमा सक्रिय भएर लागेका छन् । उनी चुनावी प्रचारमा बोहराकाका लागि मत माग्दै मतदातासम्म पुगेका छन् ।

पार्टीका नेता–कार्यकर्तासँगको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै नेता लेखकले वर्तमान राजनीतिक परिस्थिति संवेदनशील रहेको उल्लेख गर्दै लोकतन्त्र, सार्वभौमसत्ता र संविधानको रक्षा गर्न नेपाली कांग्रेसको विजय अपरिहार्य रहेको बताए।“अहिले लोकतन्त्र, सार्वभौमसत्ता र संविधान नै जोखिममा छन्।

,orning glory badhai

यस्तो अवस्थामा देशलाई सही दिशामा लैजान कांग्रेसको नेतृत्व आवश्यक छ,” उनले भने, “त्यसका लागि कञ्चनपुर–३ मा हरि बोहरालाई विजयी गराउनु जरुरी छ ।”

dirghayi clinic

लेखकले हरि बोहरा अन्य उम्मेदवारभन्दा अनुभव, संगठन क्षमता र जनताप्रतिको समर्पणका हिसाबले अब्बल रहेको दाबी गरे। “हरि बोहरा अनुभवी, असल संगठनकर्ता र जनताको सुख–दुःखमा सधैं साथ दिने नेता हुन् ।

पार्टी सभापति हुँदा उहाँले देखाउनुभएको नेतृत्व क्षमता उदाहरणीय छ,” लेखकले भने, “उहाँ शालीन, स्पष्ट वक्ता र सेवाभावी व्यक्तित्व हुनुहुन्छ। क्षेत्र नम्बर–३ को विकास र समृद्धिमा उहाँको भूमिका निर्णायक रहनेछ।”उनले कार्यकर्ताबीच एकताको सन्देश दिँदै भावुक शैलीमा भने, “टिकट मैले वा हरि जीले पाउनु एउटै कुरा हो ।

हिजो मैले टिकट पाउँदा हरि जी लगायत सबैले सहयोग गर्नुभयो, अब म लगायत सबैले हरि जीलाई सहयोग गरौं, उहाँलाई अत्यधिक मतले विजयी गराऔं।”लेखकले कञ्चनपुर–३ को समग्र विकासका लागि आफूहरू मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “पहिला म एक्लै थिएँ, अब दुई जना हुने भयौं ।

यो झन खुसीको कुरा हो। हामी सबै मिलेर क्षेत्र नम्बर–३ लाई विकासको नयाँ उचाइमा पु¥याउँछौं।”उनले कञ्चनपुरमा अघि बढाइएका महाकालीमाथिको चारलेन पुल, सुख्खा बन्दरगाह तथा त्रीदेशीय नाका निर्माणजस्ता महत्वाकांक्षी योजनाहरू कांग्रेसको दीर्घकालीन सपना भएको उल्लेख गरे ।

ती योजनाहरूलाई पूर्णता दिनुका साथै शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, डुवान तथा बाढी नियन्त्रणजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका मुद्दामा ठोस काम गर्न कांग्रेस नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो।नेता लेखकको सशक्त अपिलसँगै कञ्चनपुर–३ मा कांग्रेसको चुनावी अभियान थप उत्साह र सक्रियताका साथ अघि बढिरहेको बताइएको छ ।

Himal dental
सम्बन्धित
Loading...