

महेन्द्रनगर । प्रतिनिधि सभा सदसय सदस्य निर्वाचनमा मतदानको मिति नजिकिँदै जाँदा जेन जी आन्दोलनमा तोडफोड, आगजानी र लुटपाट संलग्न पक्राउ पर्न थालेका छन् ।
भदौ २३ र २४ गतेको जेन जी आन्दोलनमा संलग्न विरुद्ध राजनीतिक दल, पीडित र सरकारी कार्यालयले छुट्टाछुट्टै जाहेरी परेका छन् ।
अहिले त्यहीं जाहेरीका आधारमा प्रहरीले अपराधिक उपद्रव मुद्दामा उनीहरुलाई पक्राउ गर्न थालेको हो ।
भमिदत्त नगरपालिका १८ का शिशिर थापा बिहीबार महेन्द्रनगरबाट पक्राउ परेका छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका पूर्व सचिव हुन् ।
भदौ २३ र २४ गतेको जेन जी आन्दोलनपछि थापाले पार्टी छाडेका थिए ।

जेन जी आन्दोलनको तोडफोड र आगजनीमा संलग्न अन्यलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको छ ।
जाहेरी परेका व्यक्तिको घर घरमा पुगेर पक्राउ गर्ने प्रहरी तयारी छ । जाहेरी परेका व्यक्ति पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरीमाथि दबाव छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालयको टोलीले थापालाई पक्राउ गरेको हो । थापालाई पक्राउपछि वडा प्रहरी कार्यालय लगिएको छ । अहिले उनी वडा प्रहरीको हिरासतमा छन् ।
थापामाथि चार महिना अघि परेको अपराधिक उपद्रव मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।
थापा विरुद्ध मंसिर ४ गते अपराधिक उपद्रव मुद्दाको जाहेरी दर्ता गरिएको थियो । जिल्ला अददालतबाट पक्राउ पूर्जी जारी भएपछि प्रहरीले थापालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता शाहीले अदालतको पूर्जी अनुसार पक्राउ गरी थापामाथि अनुसन्धान थालिएको बताए ।
थापा २०७९ को स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिका १८ को वडा अध्यक्षमा चुनाव लडेका थिए । थापाले वडा अध्यक्षमा अनपेक्षित मत ल्याएका थिए ।
