ghar sansar

हर्क बहादुर ऐर :रिटायर्ड प्रहरी , साँसद बन्ने रहर

little buddha academy
khasi

महेन्द्रनगर । अहिले देशै भरी प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल तातेको छ । कञ्चनपुरका सबै तीन क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यका १४ राजनीतिक पार्टी र तीन स्वतन्त्र गरी १७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सबै उमेदवारका आ–आफ्नै गुण र विशेषता छन् । १७ जना उमेदवारमध्ये स्वतन्त्र उमेदवार हर्क बहादुर ऐरको पृष्ठभूमि फरक छ ।

२०३० सालमा बैतडी जिल्लाको तत्कालीन डिलाशैनी गाविस ७ मा आमा हरुलीदेबी र बुवा दल बहादुरका कोखमा जम्मेका हर्क बहादुर ऐर उमेरले ५२ बर्षका छन् । ६ दाजुभाईमध्ये उनी चौथो सन्तान हुन् ।

,orning glory badhai

५२ बर्षको उमेर पार गर्दै गर्दा उनीसंग ३० बर्ष सरकारी सेवामा रही देशका विभिन्न ठाँउमा नागरीक हरुसंगको सहकार्य, समन्वय र उनीहरुका समस्या नजिकबाट अनुभव छन् ।

dirghayi clinic

हाल भीमदत्त नगरपालिका वडा नं. १० तिलकेनीमा बसोबास गर्दै आएका हर्क बहादुर ऐर २०४९मा प्रहरी जवानबाट प्रहरी सेवामा प्रवेश गरेका हुन । २०५९ मा हवल्दार, २०६९ मा असई भएका उनी २०७९मा रिटार्य आएका हुन् । सरकारी सेवामा रहदा माओवादी दश बर्षे सशसत्र द्वन्द्व समयमा अछाम, सुर्खेत, खोटाङ, सल्यान जिल्लामा माओवादीसंगको भिडन्तमा परेका थिए ।

जागिरको शिलशिलामा आम जनताका पीडा, बेदना, समस्यालाई देखेका उनले जनताका तिनै बेदनालाई समेटेर जागिरबाट रिटार्यर्ड भएपछि २०७९मा ‘प्रदेशी व्यथा’ नामक साहित्यिक किताव निकालेका छन् । उनी जनताका समस्या समाधान गर्न राजनीतिमा प्रवेश गरेका हुन् ।

गायक बम बहादुर कार्कीको मार्मिक गित ‘चरी बस्यो डालीमा वारीपारी भए’ बोलको गितबाट प्रभावित भएका उनी जागिर पछिको रिटायर्ड जीवन सामाजिक सेवामा खर्च गर्ने अठोट लिएका छन् ।

निर्वाचनमा जनताले जिताएमा जिल्लाको पर्यटन, कृषी, युवाहरुको रोजगारीलागि काम गर्ने उनको धोको छ । उनको चुनाव चिन्ह जिप हो ।

उनले सम्पूर्ण मतदाताहरुलाई चुनाव चिन्ह जिप मा मतदान गरी अत्याधिक बहुमतले विजयी गराई दिन हार्दिक अपिल गरेका छन् । मतदाताको मत खेर जान नदिने समेत उनले बताए ।

Himal dental
सम्बन्धित
Loading...