ghar sansar

यति पार्टी छाड्दै, प्रवेश गर्दै रास्वपा पुगिन् पूर्व सभासद्

khasi

महेन्द्रनगर । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्तापछि एमाले नेता कलशा महराले पार्टी छाडेको घोषणा गरिन् । महराको घोषणाको एमालेका लागि अस्वभाविक थिएन । उनी महिनादेखि पार्टी छाड्ने तयारी थिइन् ।
एमाले जिल्ला कमिटीलाई महरा पार्टी छाडेर जाने पूरा विश्वास थियो । त्यहीं भएर पार्टी छाडेर गएपछि महरासित संवादसम्म गरिएन् ।

महरा तत्कालिन नेकपाबाट नेकपा माओवादी केन्द्र नफर्किएर एमाले बसेकी नेता हुन् । उनी एमाले केन्द्रीय उप महासचिव लेखराज भट्टको समूहमा थिइन् ।

कञ्चनपुरमा केन्द्रीय उप महासचिव भट्टको कमजोर समूह छ । उनी भट्ट समूहबाट एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसम्म भइन् ।

एमालेमा लामो समय राजनीति गरी नेकपा माले गएर संविधान सभा सदस्य भएकी महरा नेकपा माओवादी केन्द्र, नेकपा हुँदै एमाले पुगेकी थिइन् ।

मालेबाट २०७० मा संविधान सभा सदस्य भएपछि उनी माओवादी केन्द्र प्रवेश गरेकी थिइन् ।

मालेका तत्कालिन कञ्चनपुर सचिव रुप बहादुर परियारले सार्वजनिक कार्यक्रममा महराले पार्टीबाट अवसर लिएर धोका दिएको आरोप लगाएका थिए ।

dirghayi clinic

परियार अहिले नेपाली कम्युनिष्ट पार्टी(नेकपा) मा छन् । परियारले मालेलाई जिल्लामा पुनः स्थापित गराएका थिए ।

एमाले आएपछि महरा र कञ्चनपुर इन्चार्ज निरुदेबी पालबीच आपशी विवाद चर्कियो । फागुन २१ गतेको निर्वाचनमा पाल समानुपातिक साँसद भएपछि महरा झन आक्रोशित भइन् ।

महराले पार्टीमा पाल वा आफूमध्ये एक मात्रै बस्न सक्ने भन्दै धम्की दिएको एमाले नेताहरु बताउँछन् ।

पालसित दुरी बढेर उनी समानुपातिक उम्मेदवार भएपछि आक्रोश बढेर पार्टी छाड्नेसम्म पुग्यो । उनी आफू पनि समानुपातिक साँसदको आकाँक्षी थिइन् । एमाले छाडेकी उनी मतदान नजिकिएपछि शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) पुगेकी छन् ।

शनिबार रास्वपा क्षेत्र ३का उम्मेदवार ज्ञानेन्द्र सिह महताको बाचा पत्र घोषणा कार्यक्रममा महरा रास्वपा प्रवेश गरिन् ।

उनीसंगै मनिराम पार्की, राम लुहार, राजेश ओखेडा, पुरक ओड, रोहित सिह ओड, समसेर ओड, बिरेन्द्र धानुक, रनि ओड, हरिसिह खोड सहितका नेता कार्यकता समेत प्रवेश गरेका छन ।

उनीहरुलाई रास्वपा केन्द्रीय प्रचारप्रसार विभागका सदस्य डा. जनकराज पन्तले चुनाव चिन्ह सहित व्याज वितरण गरे।
महराले अब देशलाई रवि बालेनले मात्रै हाक्न सक्ने अनि एमाले र उसको नेतृत्वबाट केही नहुने बरु जनतालाई उल्लु बनाउने मात्रै काम भएकाले एमालेमा बस्न नसकिने भएकाले रास्वपाको विचार बोकेर उम्मेदवार जिताउने अभियानमा लाग्ने बताइन् ।

रास्वपा कञ्चनपुरका सभापति पदम विष्टले पछिल्ला दिनहरुमा एमाले, काँग्रेस सहित अन्य दलका नेता कार्यकर्ता रास्वपा प्रवेस गर्दै परिर्वतनको पक्षमा रहेको बताए ।

Himal dental
सम्बन्धित
Loading...