ghar sansar

कस्तो छ कञ्चनपुर ३ का रास्वपा उम्मेदवार महताको चुनावी वाचा

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का उम्मेदवार ज्ञानेन्द्र सिह महताले शनिबार पत्रकार सम्मेलन गरी चुनावी प्रतिबद्धता (बाचा पत्र) घोषणा गरेका छन् । रास्वपा युवा उम्मेदवार महताले ९ मुख्य शीर्षकमा ४५ बुँदे चुनावी प्रतिबद्धता पत्र(बाचा पत्र) सार्वजनिक गरेका छन् ।

महताले घोषणा गरेको बाचा पत्रमा जितेपछि सासदको जनप्रतिवेदन देखि सरकारी सेवा घरसम्मै सेवा प्रवाहको घोषणा गरेका छन् ।

,orning glory badhai

महताले सुशासन, पारदर्शीता, जनउत्तरदायी प्रतिनिधी, शिक्षा, स्वास्थ्य विस्थापन होईन, व्यवस्थापन, किसान, महिला सीमान्तकृत समुदाय, नयाँ राजनीतिक संस्कार, तनावमुक्त सरकारी सेवा, मजदुर किसान हाम्रा (भिभिआई) सहितका चुनावी एजेण्डा सार्वजनिक गरेका छन् ।

४० बर्षिया युवा उम्मेदवार महताले सुशासन र पारदर्शीतालाई उच्च प्राथमिकतामा राखेका छन् । ‘भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलता नीति अबलम्बन गर्दै सार्वजनिक खर्च, योजना र निर्णय प्रक्रियामा पूर्ण पादरर्शीता, सासदको गतिबिधी, उपस्थिति र खर्च विवरण नियमित रुपमा जनतामा सार्वजनिक, हरेक बर्ष जनप्रति निवेदन प्रकाशन गर्ने वाचा गरेका छन् ।

जनताको घरदैलोमा सासद अभियान निरन्तर संचालन गर्दै टोलटोलमा जन सुनुवाई तथा प्रत्यक्ष सम्वाद कार्यक्रम, जनताको समस्या सासदसम्म पु¥याउने सशक्त र निडर आवाज उठाने, जनगुनासो सम्बोधनका लागि निर्वाचन क्षेत्रमा सचिवालय संचालन गरेर शिघ्र समस्या समाधान गर्ने बाचा गरेका छन् ।

‘शिक्षा, स्वास्थ्य तर्फ परिमाणमुखी सीपमुलक नैतिक ज्ञानमुलक र रोजगार केन्द्रीत शिक्षा प्रणालीको व्यस्थापन, प्राथमिक स्वास्थ्य सेवा, सुदृढीकरण विशेषज्ञ सेवा विस्तार, पहिला उपचार गर्ने, सक्नेले तिर्ने, नसक्नेको पैशा सरकारले तिर्ने गरेर नीति निर्माण गर्नेछु, ‘रास्वपा उम्मेदवार महताले भने, ‘युवालाई सीपमुलक तालिम दिई स्वदेशमै रोजगारी सृजना, स्वदेशमै उद्यम गर्ने, युवालाई राज्यले लगानी गरी उत्पादन गरिएका बस्तु राज्यले नै किन्न नीति बनाउने पहल गर्छु ।

dirghayi clinic

निजी लगानीमा संचालनमा रहेका व्यवसायीक संस्था उद्योग तथा कलकारखानालाई प्रोत्साहन गर्दै बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्वदेशमै रोजगारीको प्रबद्ध गरिएको छ । किसानको उत्पादनको उचित मुल्य र बजार सुचिश्चित गर्ने, महिला दलित, थारु मुस्लिम समुदायको शसक्तिकरण गर्ने, सुनाह जातिलाई लोपोन्मुख जातिमा सुचिकृत गरेर उनीहरुको उत्थान गर्ने बाचा गरेका छन् ।

‘पद होईन, जिम्मेबारीको राजनीति गर्दै, शक्ति होईन सेवामुखी सोचले जनताको सेवा गर्दै जनताको आलोचनाको स्वीकार गर्ने खुला संस्कार अनुरुप कार्यक्रम अघि बढाउने घोषणा गरिएको छ । सरकारी कार्यालयमा लागुग्नुपर्ने लाईन अन्त्उय गर्दैै घुसखोरी बिचौलियाबाट कार्यालय मुक्त गर्दै सरकारी सेवामा वान विण्डो लाईन क्यासलेश तथा होम डेलिभरी सेवा प्रदान गरिनेछ ।

मजदुर, किसानका लागि विशेष परिचय पत्र लागु गर्ने, मजदुर किसानको घोषणा गर्नेलाई हदैसम्मको कार्बाही, मजदुरको आर्थिक र समाजिक ग्यारेन्टी, बर्षादेखि किसानले भोल्दै आएका मलको समस्या अन्त्य गर्ने, उद्योग खोल्न चाहनेलाई झन्झट वान स्टेप सेन्टर व्यवस्थापन गर्ने, खानेपानी, ढल, बिजुलीक पोल, सडक लगायतका सबै कामको समन्वय एउटै छातामा ल्याउन पहल गरिने, विपन्न परिवारलाईू खाद्यान्न, पानी बिजुली, ईन्टरनेटमा भारी छुट, जेष्ठ नागरिक साहयकता कार्यक्तम विशेष प्याकेज ल्याईनेछ ।

भूमिहिन, सकुमबासी, अव्यवस्थित बसोबासी तथा निकुञ्जपीडित नागरिकको समस्या समाधान गरी जग्गाधनी पुर्जा वितरण गर्ने, छाडा पशु चौपाया व्यवस्थापन गरिनेछ ।

‘बाचा होईन परिमाण देखाउने राजनीति, जनतासंग गरेका प्रत्येक प्रतिबद्धता ईमानदारीता साथ पूरा गर्ने अठोट व्यक्त गर्दछु, ‘महताले भने, ‘सम्बृद्ध, पारदर्शी, उत्तरदायी कञ्चनपुर क्षेत्र ३ निर्माणका लागि रास्वपालाई मतदान गर्न अनुरोध गर्दछु ।

रास्वपा उम्मेदवार महताले क्षेत्रको समग्र विकासका लागि सडक, खानेपानी, सिँचाई, विद्युत, डिजिटल पूर्वाधारमा प्राथमिकता दिदै दोधाराचाँदनी, सीमावर्ती क्षेत्रका विशेष समस्याको दीर्घकालिन समाधान गर्दै, कृषि, आधुनिकीरण, पर्यटन, प्रर्बद्धनन र स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्दै क्षेत्रभरीको वाढी, डुबान नियन्त्रण लागि प्रभाकारी योजना बनाउँछु ।

पहिलो पटक चुनावी मैदान टेकेका पूर्व संचारकर्मी समेत रहेका महताले क्षेत्रको दीगो विकास र सम्बृद्धिका लागि चुनावी मैदानमा होमिएको भन्दै ईमान्दारितापुर्वक जनसेवामा खटिने प्रतिज्ञा गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...