ghar sansar

बैतडीमा एमाले रास्वपा कार्यकर्ता झडपपछि चर्कियो विज्ञप्ति युद्ध 

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बैतडी जिल्लामा पार्टीको चुनावी अभियान तीव्र र उत्साहजनक रूपमा अघि बढिरहेको जनाएको छ । जिल्ला कमिटी बैतडीका अध्यक्ष नरेश कुमार विश्वकर्माले जारी गरेको प्रेस विज्ञप्तिमा पार्टीका उम्मेदवार दामोदर भण्डारी चौथो पटक निर्वाचित हुने वातावरण बनेको दाबी गरिएको छ ।

विज्ञप्तिअनुसार बैतडीमा विगतमा सुरु गरिएका विकास निर्माणका कामहरू र अधुरा रहेका योजनाहरूलाई पूर्णता दिन भण्डारी नै सक्षम, अनुभवी र विश्वासिलो उम्मेदवार रहेको उल्लेख गरिएको छ । पार्टीले उनको दीर्घ राजनीतिक अनुभव, स्पष्ट दृष्टिकोण र राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने क्षमताका कारण मतदातामा सकारात्मक विश्वास बढ्दै गएको दाबी गरेको छ ।

,orning glory badhai
dirghayi clinic

एमालेले पछिल्ला दिनमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट उम्मेदवारविरुद्ध फैलाइएका आरोपहरूलाई ’भ्रामक, तथ्यहीन र कपोलकल्पित’ भन्दै अस्वीकार गरेको छ । विज्ञप्तिमा ती गतिविधि चुनाव नजिकिँदै जाँदा मतदातालाई भ्रमित पार्ने नियोजित प्रयास भएको उल्लेख गरिएको छ ।

पार्टीले आरोप लगाउने पक्षलाई प्रमाणसहित आफ्ना दाबी पुष्टि गर्न खुला चुनौती दिएको छ । अन्यथा चुनावलाई प्रभावित पार्ने नियतले गरिएका लाञ्छना र मानहानीविरुद्ध कानुनी उपचार खोजिने चेतावनी दिइएको छ ।

विज्ञप्तिको अन्त्यमा बैतडीका मतदातालाई संयमित, सचेत र जिम्मेवार भई सत्य–तथ्यको आधारमा निर्णय लिन आग्रह गरिएको छ। एमालेले चुनावी प्रतिस्पर्धा स्वस्थ र मर्यादित ढंगले अघि बढ्नुपर्नेमा जोड दिएको छ ।

यस अघि रास्वपाले विज्ञप्ति सार्वजनिक गरेको घट्नाको विरोध गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...