

हेमा भट्ट
महेन्द्रनगर । कञ्चनपुर–२ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार माधव पन्त ले समृद्धि, समानता र न्यायसहितको दिगो विकासको स्पष्ट दृष्टिकोण सार्वजनिक गर्दै आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी का तर्फबाट तारा चिन्हमा प्रतिस्पर्धा गरिरहेका पन्तले सत्यनिष्ठ नेतृत्व, इमानदार राजनीति र जनउत्तरदायी शासनलाई आफ्नो मूल प्रतिबद्धता बताएका छन् ।

घरदैलो अभियान, अन्तरक्रिया र जनसंवादमार्फत उनले कञ्चनपुर–२ का नागरिकलाई विकासका समान अवसर, समावेशी प्रतिनिधित्व र पारदर्शी कार्यशैली सुनिश्चित गर्ने प्रतिवद्धता दोहो¥याएका छन् ।
“जनता नै पहिलो, विकास नै लक्ष्य” भन्ने नारासहित अघि बढेका पन्तले शिक्षा, स्वास्थ्य, रोजगारी सृजना, कृषि आधुनिकीकरण र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन् ।

उनका अनुसार युवालाई सीप र रोजगारीसँग जोड्ने, किसानलाई बजार र प्रविधिसँग जोड्ने तथा स्वास्थ्य र शिक्षामा गुणस्तरीय पहुँच विस्तार गर्ने योजना अघि सारिएको छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासनको प्रत्याभूति उनका प्रमुख एजेण्डा हुन् ।
स्थानीय मतदातासँगको संवादमा पन्तले नयाँ सोच, स्वच्छ छवि र उत्तरदायी नेतृत्वमार्फत कञ्चनपुर–२ लाई समृद्ध र आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरेका छन् ।
तारा चिन्हमा मतदान गरी इमानदार, पारदर्शी र जनमुखी नेतृत्वलाई साथ दिन मतदातासमक्ष अपिल गरिएको छ ।
पन्त पार्टीभित्र युवा नेता रूपमा चिनिँदै आएका छन् । उनी पन्त अध्ययनशील, बौद्धिक र कर्मठ व्यक्तित्व हुन्। उनी त्रिभुवन विश्वविद्यालयबाट कूटनीतिक इतिहासमा विद्यावारिधी अध्ययनरत छन् । यसका साथै उनले अङ्ग्रेजी विषयमा एमफिल, राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुन उपाधि हाँसिल गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका पन्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा ’अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीति विषयका अतिथि प्राध्यापकका रूपमा पनि परिचित छन् । उनी अन्तर्राष्ट्रिय राजनीतिका जानकार, ऊर्जाशील र मिलनसार युवा नेताका रूपमा स्थापित छन् ।
शुक्लाफाँटा नगरपालिका–५ निवासी पन्त जनआन्दोलन २०६२÷६३ मा घाइते हुन । राजनीतिक यात्राकै क्रममा उनले भारत, चीन, ब्राजिल, अमेरिका, कोलम्बिया, संयुक्त अरब इमिरेट्स), दक्षिण अफ्रिका लगायत विभिन्न देशको भ्रमण गरी त्यहाँका विकास मोडेलको अनुभव हासिल गरेका छन् ।

