ghar sansar

दिपकको दिमागले बन्दैछ कैलाली गेटामा मेडिकल विश्वविद्यालय

khasi

महेन्द्रनगर । कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएको गगन चुम्बी भवन निर्माण सकिन लागेपछि मेडिकल कलेज बनाउने कि प्रतिष्ठान बनाउने विवाद उत्कर्षमा पुग्यो ।

मेडिकल कलेज पक्ष र प्रतिष्ठान बनाउने दुबै पक्ष आ आफ्नो अडान लिएर लबिङ्गमा लागे । दुबै पक्षको अडानले मेडिकल कलेज वा प्रतिष्ठान दुबैका कामकाज अघि बढ्न नसक्ने भएपछि चौतर्फी चिन्ता बढ्यो ।

त्यो चिन्ताका पछाडिको कारण थियो, अर्बौ खर्च गरी निर्माण गरिएका गगनचुम्बी भवन ।

कञ्चनपुर ३ का तत्कालिन साँसद डा. दिपक प्रकाश भट्टले दुबै पक्षको जित हुने गरी नयाँ अवधारणा ल्याए । त्यो थियो डा. भट्टको मेडिकल विश्वविद्यालय बनाउने अवधारणा ।

यो अवस्थामा उनले देशकै दीर्घकालीन स्वास्थ्य सेवाको रूपान्तरणका लागि चिकित्सा विश्वविद्यालय आवश्यक रहेको अवधारणा अघि सारेका हुन् ।

२०७४ मा कञ्चनपुर ३ मा डा. भट्टले महाकाली अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने योजना ल्याएका थिए । अहिले उनी मेडिकल विश्वविद्यालय अन्र्तगत महाकाली प्रादेशिक अस्पताललाई पहिलो चिकित्सा विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा विकास गर्ने बताउँछन् ।

उनले सुदूरपश्चिमका सांसदहरूलाई एकमत गराउँदै तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष गेटामा चिकित्सा विश्वविद्यालय स्थापना गर्न माग गरे ।

नीतिगत प्रक्रिया सुस्त बनेपछि उनले संसदको शून्य समयमा डोटेली भाषामै देशकै पहिलो चिकित्सा विश्वविद्यालय गेटामै स्थापना गर्नुपर्ने माग राख्दै आवाज उठाए । उक्त अभिव्यक्ति व्यापक चर्चाको विषय बनेको थियो । त्यससँगै स्थानीय संघर्ष समिति, नागरिक समाज र सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै सडक र सदन दुवैबाट दबाब सिर्जना गरियो ।

dirghayi clinic

सरकारले सुरुमा गेटामा मेडिकल कलेज स्थापना गर्ने तयारी गरे पनि स्थानीयवासीले विश्वविद्यालयकै माग राख्दै आन्दोलन चर्काए । त्यसमा डा. भट्टले साथ दिएका थिए ।

उनले सांसदको कार्यकाल सकिएपछि पनि चिकित्सा विश्वविद्यालय स्थापनाको अभियान रोकेन । २०८० साल अशोज नौ गते पूर्व सांसदको रुपमा तत्कालिन संसदीय शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिलाई चिकित्सा विश्वविद्यालय स्थापनाका लागि माग गरे ।

निरन्तर दबाबपछि २०८० माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले गेटामा स्वास्थ्य विज्ञानसम्बन्धी विशिष्टिकृत विश्वविद्यालय स्थापना गर्ने निर्णय ग¥यो । त्यसैअनुसार कानुनी प्रक्रिया अघि बढ्दै कांग्रेस–एमाले गठबन्धन तथा केपी शर्मा ओली नेतृत्वको सरकारले ‘शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ पारित गरेपछि विश्वविद्यालय स्थापनाको बाटो औपचारिक रूपमा खुल्यो ।

यसै क्रममा स्थापना भएको शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा सुदूरपश्चिममा स्थापीत भयो ।
चुनावी सरगर्मी बढेसँगै स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि डा। भट्टले गरेको नेतृत्वदायी भुमिकाको पनि चर्चा हुन थालेको छ ।

आईतबार महेन्द्रनगरको मदन चोकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै डा. भट्टले भने, “देशभर १९ मेडिकल कलेज, आठ चिकित्सा विज्ञान प्रतिष्ठान र १५० भन्दा बढी नन–क्लिनिकल कोर्स पढाउने संस्थान सञ्चालन हुँदा सुदूरपश्चिम शून्य अवस्थामा थियो । त्यसैले सरकारसँग भीकमा मेडिकल कलेज होइन, देशकै पहिलो चिकित्सा विश्वविद्यालय चाहिन्छ भनेर संसदमा आवाज उठाए ।”

विगतको एजेण्डालाई स्मरण गदैँ उनले महाकाली अस्पताललाई मात्रै नभई देशभरका अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थानपना गरिएको स्पष्ट पारे ।

उनले सुदूरपश्चिम प्रदेश सरकारमातहत रहेका सेती, महाकाली र टीकापुर अस्पताललाई केन्द्र सरकारमार्फत विश्वविद्यालयका आंगिक क्याम्पसका रूपमा विकास गर्न पहल गर्ने बताएका छन् ।

विश्वविद्यालयका पदाधिकारी नियुक्त भइसकेकाले अब आंगिक मेडिकल कलेज सञ्चालन गरी ब्याचलर अफ नर्सिङ, ब्याचलर अफ फार्मेसी, ब्याचलर इन फिजियोथेरापीजस्ता कार्यक्रम सुनिश्चित गरिनुपर्ने उनको भनाइ छ ।

गेटामा विश्वविद्यालय पूर्ण रूपमा सञ्चालनमा आए आफ्नै प्रदेशमै एमबीबीएस सहितको चिकित्सा शिक्षा अध्ययन गर्ने सुदूरपश्चिमवासीको दीर्घकालीन सपना पूरा हुने विश्वास गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...