
क्षेत्रीयता भजाएर भोट माग्ने उम्मेदवारको सातोपुत्लो उड्ने गरी एमाले नेता जोशीले गरे भाषण, भने– क्षेत्रको भनेर भोट आउँदैन, पार्टी, नीति र उम्मेदवार हेरेर मत आउँछन्


महेन्द्रनगर । एमाले नेता विष्णुदत्त जोशीले कञ्चनपुर २ मा क्षेत्रीयताको नारा लगाएर मत नआउने बताएका छन् ।
एमालेको चुनावी रयालीपछि झलारीमा आयोजित कोण सभालाई सम्बोधन गर्दै उनले चुनावी प्रचारमा केही उम्मेदवारले क्षेत्रीयताका आधारमा मत दिने हल्ला फैलाएकोमा आपत्ति जनाउँदै उनले पार्टीको नीति, सिद्धान्त, उम्मेदवारको योग्यता र विगतका कामका आधारमा मतदाताले आफ्ना जनप्रतिनिधि चुन्ने उल्लेख गरे ।


कञ्चनपुर २ मा क्षेत्रीयताका आधारमा मत विभाजन गरी उम्मेदवार मतदाताको घरदैलोमा पुगेपछि सोमबार जोशीले त्यसलाई कोण सभाबाट भ्रममा नपर्न आग्रह गरे ।
जोशीले देश विदेशीको इशारामा चल्ने अवस्था आउन लागेको भन्दै एमाले देश र जनताको पक्षमा भएको उल्लेख गरे ।
देशको स्वाधिनताको पक्षमा एमाले दरो ढङ्गले उभिएको उल्लेख गर्दै उनले एमाले कञ्चनपुर २ मा विजयी हुने विश्वास व्यक्त गरे ।
उनले चुनाव क्षेत्रलाई आधार नबनाई मतदान हुने र त्यसका लागि एमाले एक ढिक्का भएर अघि बढको उल्लेख गरे ।
