

महेन्द्रनगर । निर्वाचनको मौन अवधि सुरु भएपछि काँग्रेसका उम्मेदवार चतुर बहादुर चन्दको आफ्नै कार्यकर्ताबीच अश्लिल गालीगलौज भएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
बैतडी प्रतिनिधि सभा सदस्यका उम्मेदवार चन्द र उनका पार्टी कार्यकर्ताबीच भएको अडियो कुराकानी सामाजिक सञ्जालमा भाइरल भएपछि पक्ष र विपक्षमा बहस थालिएको हो ।

बैतडी काँग्रेसका सभापति चन्द र ओझाबीच सु्रुमा शिष्टता पूर्वक कुराकानी भएको अडियो सुनिएको छ । त्यसपछि ओझाले उम्मेदवार चन्दलाई अशिष्ठ भाषा बोलेपछि चन्दले त्यसै त्यसैको प्रतिकार गर जवाफ दिएका छन् । उनीहरुबीच केही समय फोनमा बाझाबाझ भएको अडियोमा सुनिएको छ ।

ुसामाजिक सञ्जालमा केहीले अडियोको गालीगलौज भएको अडियो मात्रै पोष्ट गरेका छन् । केहीले पूरै अडियो समेत सामाजिक सञ्जालमा राखेका छन् ।
मतदानको ठिक अघिल्लो दिन बैतडीमा अडियो प्रकरणले सर्वत्र चर्चा पाएको छ । मौन अवधिमा अडियो सार्वजनिक हुन राम्रो नभएको अधिकारकर्मी प्रभुनिधि पन्तले बताए ।
यो अडियोबारे काँग्रेस अझैसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
https://www.facebook.com/reel/2107327166668334

