ghar sansar

मतदान केन्द्रमा मोबाइल क्यामेरा लगे जफत गरी कानुनी कारवाही गर्ने कञ्चनपुर प्रशासनको चेतावनी

khasi

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानका लागि मतदाताले मोबाइल, क्यामेरा लगायत निषेधित सामग्री साथमा लैजान नहुने भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।

dirghayi clinic

कार्यालयले बुधबार जारी गरेको सूचनामा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रभित्र यस्ता सामग्री लैजान नपाइने स्पष्ट गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिले सलाई, लाइटर, प्रज्वलनशील ठोस वा तरल पदार्थ, फोटो खिच्ने क्यामेरा, मोबाइल फोन वा अन्य निषेधित वस्तु साथमा ल्याउन पाउने छैनन् ।

सूचनाविपरीत कसैले मोबाइल लगायतका निषेधित सामग्री साथमा लिएर मतदान कक्षमा प्रवेश गरेमा ती वस्तु तत्काल जफत गरी कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...