ghar sansar

दोधारा चाँदनीमा कुमालले सुनारलाई सहयोग गरेको भन्दै हल्ला फैलिएपछि उज्यालो नेपाल पार्टीले निकाल्यो विज्ञप्ति

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा उज्यालो पार्टीका उम्मेदवार भीम बहादुर कुमालले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मान बहादुर सुनारलाई समर्थन गरेको हल्ला फैलिएपछि विज्ञप्ति निकालेर खण्डन गरिएको छ ।

उज्यालो नेपाल पार्टीका सल्लाहकार योगेश रावलले विज्ञप्ति सार्वजनिक गरी समर्थन गरेको हल्ला निर्वाचन आचार सँहिता विपरित भ्रम छर्न गरिएको प्रचार भन्दै खण्डन गरेका छन् ।

उज्यालो नेपालका कञ्चनपुर २ का उम्मेदवार उम्मेदवार योगेश साउँद पार्टी र उम्मेदवारी दुबै छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि दोधारा चाँदनीमा कुमालले सुनारलाई सहयोग गरेको हल्ला फैलिएको थियो ।

dirghayi clinic

कञ्चनपुर ३ का उज्यालोका उम्मेदवार कुमाल दोधारा चाँदनीका स्थानीय हुन् । पार्टीले समर्थन गरेको हल्लापछि कुमालले नेताहरुसित छलफल गरी विज्ञप्ति मार्फत खण्डन गर्न लगाएका छन् ।

उज्यालोका सल्लाहकार रावलले भ्रमको छानबिन गर्न निर्वाचन आयोगलाई समेत आग्रह गरेका छन् ।

‘कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा पछिल्लो समय गम्भीर प्रकृतिको गतिविधि भइरहेको भन्ने जानकारी प्राप्त भएको छ । मानबहादुर सुनार (नेपाली कम्युनिस्ट पार्टी) का नाममा खटिएका केही कार्यकर्ताले “भीमकुमारले मानबहादुर सुनारलाई समर्थन गरिसके” भन्ने भ्रामक प्रचार गर्दै मतदाताहरूलाई भ्रममा पार्ने, दबाब दिने तथा आर्थिक प्रलोभन देखाई ‘तारा’ चिन्हमा मतदान गर्न उक्साउने कार्य भइरहेको भन्ने सूचनाहरू आएका छन्’ रावलले विज्ञप्तिमा भनेका छन्, ‘यदि यस्ता गतिविधिहरू सत्य प्रमाणित भएमा, ती कार्यहरू निर्वाचन आचारसंहिताविपरीत मात्र होइनन्, लोकतान्त्रिक मूल्यमान्यता र निष्पक्ष निर्वाचन प्रक्रियामाथिको गम्भीर प्रहार पनि हुन्। निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न हुनुपर्छ । मतदातामाथि कुनै पनि प्रकारको दबाब, प्रलोभन वा भ्रम सिर्जना गरेर मत माग्नु पूर्ण रूपमा निन्दनीय र अस्वीकार्य कार्य हो ।’

Himal dental
सम्बन्धित
Loading...