ghar sansar

कञ्चनपुरमा ५८ प्रतिशत मतदान, १ नम्बरमा सबैभन्दा बढी मत, ३ मा सबैभन्दा कम

little buddha academy
khasi

भवानी भट्ट

महेन्द्रनगर । कञ्चनपुरमा ५८ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ३ वटै निर्वाचन क्षेत्रमा १ लाख ८४ हजार ३१६ जनाले मतदान गरेका हुन् ।

,orning glory badhai
dirghayi clinic

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराका अनुसार क्षेत्र नं. १ मा ६१ हजार ७४ जनाले मतदान गरेका छन् । जुन कुल मतदाताको ६० दशमलव ४ प्रतिशत हो । उक्त क्षेत्रमा १ लाख १ हजार ७२४ मतदाता छन् ।

क्षेत्र नं. २ मा ६४ हजार ८८१ मत खसेको छ । जुन ५९ दशमलव २१ प्रतिशत हो । उक्त क्षेत्रमा १ लाख ९ हजार ५७४ मतदाता छन् । यसैगरी क्षेत्र नं. ३ मा ५८ हजार ३६१ मत खसेको छ । जुन ५८ दशमलव ६३ प्रतिशत हो । तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ३ लाख १४ हजार ३८५ मतदाता छन् ।

अहिले तीनवटै निर्वाचन क्षेत्रमा मतपेटिकाहरु ढुवानीको काम भइरहेको छ । मतपेटिका संकलन भइसकेपछि तत्काल सर्वदलिय बैठक राखेर आजै रातिदेखि मतगणनाको तयारी भइरहेको महराले जानकारी दिए ।

कान्तिपुरबाट साभार

Himal dental
सम्बन्धित
Loading...