ghar sansar

दोधारा चाँदनीमा कम मत खस्दा कसलाई बढायो टेन्सन

khasi

महेन्द्रनगर । कञ्चनपुर ३ मा दोधारा चाँदनी नगरपालिका क्षेत्रबाट अनपेक्षित कम मतदान भएपछि फेरि अर्को बहस हुने देखिएको छ ।

दोधारा चाँदनी क्षेत्रबाट सबैभन्दा बढी मत वा हाराहारी र दोस्रो मत ल्याउनले कञ्चनपुर ३ बाट जित्ने सम्भवाना भएको भन्दै मतदान अघि छलफल हुँदै आएको थियो ।

Anant bahu travels

मतदान अघिका छलफलमा दोधारा चाँदनीका १० वडाका २७ हजार बढी मतदातामध्ये २० हजार हाराहारी मत खस्ने अनुमान गरिएका थिए ।

बिहीबार दोधारा चाँदनीबाट यस विपरित १५ हजार ५ सय ७५ मत खसेका छन् । कम मत खसेपछि यसको फाइदा वा घाटा कुन उम्मेदवार हुने भनेर चर्चा थालिएको छ ।

कञ्चनपुर ३ मा एमालेका पूर्व साँसद डा. दिपक प्रकाश भट्ट सहित नेकपाका नेता पूर्व राज्यमन्त्री मान बहादुर सुनार, काँग्रेसका पूर्व जिल्ला सभापति हरि बोहरा, राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र सिह महता, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्ण बहादुर चन्द लगायत १७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

dirghayi clinic

दोधारा चाँदनी नगरपालिकामा १६ मतदान स्थलमा ३३ मतदान केन्द्र छन् । यहाँ २७ हजार ६ सय १७ जना मतदाता छन् । पुरुषको भन्दा महिलाको उपस्थिती केही बढी देखिएता पनि मतदाताहरुमा खासै जाँगर र उत्साह नभएको पाईएको छ ।

मतदान स्थलमा बिना अनुमती मोटरसाईकल सञ्चालन भईरहेपनि नेपाली प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बिना अनुमती लिएर गुडिरहेका मोटसाईकललाई नियन्त्रमा लिने कार्य गर्दै आएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

उनीहरुमध्ये नेकपाका सुनार र उज्यालो नेपाल पार्टीका भीम बहादुर कुमाल दोधारा चाँदनीका हुन् । कञ्चनपुर ३ मा ५८ हजार ३६१ मत खसेको छ । जुन ५८ दशमलव ६३ प्रतिशत हो ।

कञ्चनपुरमा ५८ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ३ वटै निर्वाचन क्षेत्रमा १ लाख ८४ हजार ३१६ जनाले मतदान गरेका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराका अनुसार क्षेत्र नं. १ मा ६१ हजार ७४ जनाले मतदान गरेका छन् । जुन कुल मतदाताको ६० दशमलव ४ प्रतिशत हो । उक्त क्षेत्रमा १ लाख १ हजार ७२४ मतदाता छन् ।

क्षेत्र नं. २ मा ६४ हजार ८८१ मत खसेको छ । जुन ५९ दशमलव २१ प्रतिशत हो । उक्त क्षेत्रमा १ लाख ९ हजार ५७४ मतदाता छन् । तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ३ लाख १४ हजार ३८५ मतदाता छन् ।

अहिले तीनवटै निर्वाचन क्षेत्रमा मतपेटिकाहरु ढुवानीको काम भइरहेको छ । मतपेटिका संकलन भइसकेपछि तत्काल सर्वदलिय बैठक राखेर आजै रातिदेखि मतगणनाको तयारी भइरहेको महराले जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...