ghar sansar

मतदान सकिए लगत्तै नेकपा नेता ठकुल्ला पार्टीबाट निस्कासन

little buddha academy
khasi

महेन्द्रनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले हरिश ठकुल्ला (कमल क्षेत्री) पार्टीबाट निष्कासन गरिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन मतदान सकिएपछि ठकुल्लालाई पार्टीबाट कारवाही गरिएको छ ।

पार्टी विधान विपरित पार्टी विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई अनुशासन कारवाही गरी पार्टीबाट निष्कासन गरिएको छ । ठकुल्लाले पार्टी विधान विपरित के गतिविधि गरेको भन्ने उल्लेख गरिएको छैन ।

,orning glory badhai

‘पार्टी विधान विपरित पार्टी विरोधी गतिविधिमा संलग्न रहेकाले निजलाई पार्टी विधानको दफा १०६ बमोजिम निजलाई अनुशासनको कारवाही गरी पार्टीबाट निस्कासन गरिएको जानकारी गराइन्छ’ नेकपाका केन्द्रीय कार्यालय सचिव डोर प्रसाद उपाध्ययले सार्वजनिक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

dirghayi clinic

ठकुल्ला संविधान सभा सदस्य हुन् । उनी २०६५ को संविधान सभा सदस्य उप निर्वाचनमा तत्कालिन कञ्चनपुर ४ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए ।

२०६४ को संविधान सभा सदस्य निर्वाचन जितेका काँग्रेसका निवर्तमान सभापति शेर बहादुर देउवाले कञ्चनपुर ४ छाडेपछि उप निर्वाचन भएको थियो ।

देउवासित उनी पराजित भएका थिए । देउवासित पराजित ठकुल्ला काँग्रेस कञ्चनपुरका पूर्व सभापति हराउँदै संविधान सभा सदस्य निर्वाचित भएका थिए ।

तत्कालिन नेकपा माओवादीको सशस्त्र युद्धमा सहभागी भएर ठकुल्लाले प्रवास मोर्चा सम्हालेका थिए । कृष्णपुर नगरपालिका १ पहरियाका उनी अहिले राजनीतिक र सामाजिक कार्यमा सक्रिय छन् ।

Himal dental
सम्बन्धित
Loading...