ghar sansar

सुदूरपश्चिममा धेरै उम्मेदवारको जमानत जफत

little buddha academy
khasi

महेन्द्रनगर । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कम्प्युनिष्ट पार्टीका थप तीन उम्मेदवारको धरौटी जफत भएको छ । कञ्चनपुर–३ मा मानबहादुर सुनार, दार्चुलामा लक्ष्मणदत्त जोशी र बाजुरामा प्रकाश बहादुर शाहको धरौटी जफत भएको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनीहरुको जफात भएको छ ।

,orning glory badhai

कञ्चनपुर–३ मा ५३ हजार ५१५ मत सदर भएकोमा धरौटी जोगाउन पाँच हजार ३५२ मत आवश्यक थियो । तर नेकपाका सुनारले चार हजार २८४ मत मात्रै पाएर धरौटी जोगाउन सकेनन् । उक्त क्षेत्रमा सुनारसहित १४ जनाको धरौटी जफत भएको छ । १७ जना उम्मेदवर रहेको उक्त क्षेत्रमा रास्वपाका ज्ञानेन्द्रसिंह महताले २७ हजार ११८ मत पाई विजयी भएका छन् ।

दार्चुलामा कुल ४६ हजार ८९० मत सदर भएको थियो भने धरौटी जोगाउन चार हजार ६८९ मत कम्तिमा ल्याउनुपर्ने थियो । नेकपाका जोशीले तीन हजार ६५ मत मात्रै प्राप्त गरी धरौटी गुमाए । दार्चुलामा जोशीसहित आठ जना उम्मेदवारहरुको पनि धरौटी जफत भएको छ। दार्चुलाबाट एमालेका गणेशसिंह ठगुन्नाले १८ हजार ८९१ मत प्राप्त गरी विजयी भएका छन् ।

यसैगरी, बाजुरामा कुल ४३ हजार ८९६ मत सरद हुँदा धरौटी जोगाउन चार हजार ३९० मत आवश्यक थियो। तर नेकपाका शाहले तीन हजार ३०१ मत मात्रै पाएर धरौटी जोगाउन सकेनन् । शाहसहित बाजुरामा पाँच जना उम्मेदवारको धरौटी जफत भएको छ। बाजुरामा नेपाली काँग्रेसका जनकराज गिरीले १७ हजार १७३ मत पाई विजयी भएका छन् ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा डडेल्धुराका एमाले उम्मेदवार चक्र स्नेहीसहित राप्रपाका गोविन्द खडायत, स्वतन्त्र गोरखबहादुर ऐर, श्रम संस्कृति पार्टीका महेन्द्र पुनमगर, जय मातृभूमि पार्टीका लक्ष्मीदत्त भट्ट, स्वतन्त्र तीर्थराज उप्रेती, राष्ट्रिय जनमोर्चाका चन्द्रदेव विक, नेमकिपाका सुरेन्द्र राज भट्ट, स्वतन्त्र सुरेन्द्र रावल र आम जनता पार्टीका खडकबहादुर ठकुराठीको धरौटी जफत भएको छ ।

यस्तै, प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुंगानासहित १२ जना उम्मेदवारको जमानत जफत भएको छ ।

dirghayi clinic

कैलाली क्षेत्र नम्बर ५ मा कुल ६२ हजार १४७ मत सदर हुँदा धरौटी जोगाउन ६ हजार २१५ मत प्राप्त गर्नुपर्ने थियो। एमालेका ढुंगानाले भने पाँच हजार ८३९ मत मात्रै पाए ।

यो क्षेत्रमा रास्वपाका आनन्द चन्द विजयी हुँदा काँग्रेसका नरनारायण शाह र नेकपाका प्रेम आलेले मात्रै जमानत जोगाएका छन् । कैलाली–३ मा नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरी सहित सात जना उम्मेदवारको धरौटी जफत भएको छ ।

एमालेका चौधरी सहित राष्ट्रिय प्रजातन्त्र पार्टीका बिरेन्द्रबहादुर बम, नेकपा माओवादीका अर्जुनप्रसाद कठरिया, राष्ट्रिय जनमोर्चाका देशराज चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका लक्षीराम चौधरी, नेपाल मजदुर किसान पार्टीकी जुनु महतारा शाही र मितेरी पार्टी नेपालकी सुशीला थापामगरको धरौटी जफत भएको हो ।

उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका जगतप्रसाद जोशी २० हजार ३५९ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी लाई नेपाल कम्प्युनिष्ट पार्टीका विरमान चौधरीप्ले ११ हजार ९८३ मत पाएका थिए । नेपाली कांग्रेसका भीम बडुवालले नौ हजार ७०६ र नागरिक उन्मुक्ति पार्टीका विक्रम चौधरीले ६ हजार ७४७ मत पाएर धरौटी जोगाउन सफल भएका छन् ।
कैलाली– ४ मा नेपाली कम्प्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार हरिराम चौधरी उत्सवसहित तेह्र जना उम्मेदवारको धरौटी जफत भएको छ ।

यसैगरी, नेकपाका उत्सवसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल रजवार, नागरिक उन्मुक्ति पार्टी नेपालका धनबहादुर सुनार, श्रम संस्कृति पार्टीका भीमबहादुर थापामगर, स्वतन्त्र उम्मेदवार छत्रबहादुर भट्ट खत्री, नेकपा माओवादीका भक्तबहादुर शाही, उज्यालो नेपाल पार्टीका सुभास कुँवर, नेपाल मानवतावादी पार्टीका यज्ञबहादुर टमोट, राष्ट्रिय जनमोर्चाका हेमराज भट्ट, नेशनल रिपब्लिक नेपालका गोपीलाल चौधरी, नेपाल मजदुर किसान पार्टीकी अमृता भूसाल, नेकपा संयुक्तका मोहनदेव मिश्र र मितेरी पार्टी नेपालका दिनेशकुमार मल्लको धरौटी जफत भएको छ ।

उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका खेमराज कोइरालाले २८ हजार ५५६ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत पाएका थिए । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले नौ हजार ४४४ मत पाएर धरौटी जोगाउन सफल भएका छन् ।

निर्वाचन ऐनको दफा ७० (१) अनुसार प्रत्यक्ष उम्मेदवारले दश हजार रुपैयाँ धरौटी राख्नुपर्छ। उक्त दफाको उपदफा २ मा महिला र दलित वा अल्पसंख्यक समुदायका उम्मेदवारले उपदफा १ बमोजिमको धरौटीमा ५० प्रतिशत छुट पाउने व्यवस्था छ  ।

साभार : दिनेश खबर

Himal dental
सम्बन्धित
Loading...