ghar sansar

देशव्यापी लहरमा पनि अछाममा रास्वपा उम्मेदवारको धरौटी जफत

khasi

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशभर दुई तिहाइ बहुमतसहित प्रतिनिधि सभा निर्वाचनमा सफलता हासिल गरिरहेको अवस्थामा अछाम–१ मा भने उक्त पार्टीका उम्मेदवारको धरौटी जफत भएको छ ।

रास्वपाका उम्मेदवार ओमप्रकाश रावलले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ (१) अनुसार कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा उनको धरौटी जफत भएको हो ।

Anant bahu travels
dirghayi clinic

अछाम–१ मा ३० हजार ३४८ मत सदर भएको थियो । धरौटी जोगाउन कम्तीमा तीन हजार ३९ मत आवश्यक रहे पनि रावलले एक हजार ७३९ मत मात्रै प्राप्त गरे ।

आठ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको उक्त क्षेत्रमा रावलसहित पाँच उम्मेदवारको धरौटी जफत भएको छ । रास्वपाका रावलसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्रबहादुर शाह, नेकपा माओवादीका लोकेन्द्रबहादुर शाही, स्वतन्त्र उम्मेदवार भीमबहादुर कुँवर र नेमकिपाका सुरेन्द्र शाहीको धरौटी जफत भएको हो ।

यसैबीच अछाम–१ बाट नेपाली कांग्रेसका भरतकुमार स्वार १० हजार ७५९ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका नेता भीम बहादुर रावलले १० हजार २३३ मत प्राप्त गरे पनि ५२६ मतको अन्तरले पराजित भए। नेकपा एमालेका दीपकबहादुर साउँद सात हजार ३८९ मतसहित तेस्रो स्थानमा रहे ।

Himal dental
सम्बन्धित
Loading...