

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशबाट प्रतिस्पर्धा गरेका १२ पूर्वमन्त्री पराजित भएका छन् । विभिन्न राजनीतिक दलले उम्मेदवार बनाएका पूर्वमन्त्रीहरूलाई यसपटक मतदाताले अस्वीकार गरेका हुन् ।
अछाम–१ मा नेकपाका डा. भीमबहादुर रावल नेपाली कांग्रेसका भरतकुमार स्वारसँग ५२६ मतले पराजित भए । डोटीमा पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट चौथो स्थानमा सीमित हुँदा कांग्रेसका भरतबहादुर खड्का विजयी भए ।


कैलाली–५ मा पूर्वमन्त्री प्रेमबहादुर आले रास्वपाका आनन्दबहादुर चन्दसँग पराजित भए भने कञ्चनपुर–१ मा पूर्वमन्त्री बिना मगरलाई रास्वपाका जनकसिंह धामीले हराए । बाजुरामा पूर्वमन्त्री प्रकाशबहादुर शाह, कञ्चनपुर–३ मा मानबहादुर सुनार तथा कैलाली–४ मा एमालेका लेखराज भट्ट पनि पराजित भए ।
त्यस्तै बैतडीमा दामोदर भण्डारी, कैलाली–३ मा गौरीशंकर चौधरी, कञ्चनपुर–१ मा तारा लामा तामाङ, कञ्चनपुर–२ मा नारायणप्रकाश साउद र कैलाली–१ मा जनकराज चौधरी पनि चुनाव हार्न पुगे ।
यद्यपि सुदूरपश्चिमबाट दुई पूर्व मन्त्री भने विजयी भएका छन् । दार्चुलाबाट एमालेका गणेशबहादुर ठगुन्ना र बाजुराबाट कांग्रेसका जनकराज गिरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
