
आरक्ष विस्थापितका टहरामा पुगे कञ्चनपुर ३ का साँसद महता
भन्छन्– भत्ता खाएर काम नगर्ने आयोगमाथि पनि छानबनि हुन्छ

डिल्लीराज पन्त
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३का नव निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र सिंह महताले आरक्ष पीडितको शिविरमा गएर भेटघाट गरेका छन् ।
सोमबार नव निर्वाचित रास्वपा सासद महताले भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा बस्दै आएका आरक्ष पीडितको शिबिरमा गएर भेटघाट गरेका हुन् ।

साँसद महता समक्ष आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष जय बहादुर रोकायाले २०६४ देखि २०७९ सम्म दलहरुले चुनावमा बेला आफुहरुलाई आश्वासन दिने तर केही नगर्दा आफुहरुको समस्या जस्ताको तेस्तै रहेको बताए । उनले पीडितलाई अन्य दलको सरकारबाट आशा मारेको र अब रास्वपा सरकारबाट मात्रै समाधान हुने अपेक्षा राखेका छन ।

पीडितको गुनासो सुनेपछि सासद ज्ञानेन्द्र सिह महताले संविधानमै रहेको नागरिकको गासबास,कपासदेखिका आधारभूत आवश्यकताको ग्यारेन्टी गरेकाले त्यसको समधान गर्ने गराउने बताए ।
‘अब आरक्ष पीडितको समस्या समाधानसंगै अहिलेसम्म कामै नगरेर भत्ता खाने आयोगमाथि पनि छानबिन हुन्छ, ‘उनले भने, ‘काम नगर्ने राज्यको भत्ता खानु पनि भ्रष्टाचार हो ।’
महताले शिबिरमा अस्थायी शौचालय, खानेपानीदेखि विद्युतको समस्या समाधानका लागि पहल गर्ने समेत आश्वासन दिएका छन ।
उनले आफ्नो घोषणा पत्रमा पीडितको समस्या समाधान गर्ने विषय उल्लेख गरिसकेकाले अब ज्ञापन पत्र बुझाउने जनताले सरकार खोज्ने नभई सरकारले जनता खोज्ने अवस्था आएको बताए ।
