

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ नव निर्वाचित साँसद जनक सिह धामी पुर्नवास ४ आनन्द बजार पुगेर मंगलबार सहिद गोबिन्द गौतमको शालिकमा माल्र्यापण गरी श्रद्धाञ्जली दिएका छन् ।
निर्वाचित भएपछि उनले यस अघि भीमदत्त पन्तको शालिकमा माल्र्यापण गरेका छन् । चुनाव जितेपछि धामी मतदातालाई धन्यवाद दिन घरदैलो पुगेका छन् ।


सीमा विवाद चर्किएपछि २६ फागुन २०७३ सालमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर गोबिन्द गौतमको निधन भएको थियो ।
सरकारले गौतमलाई सहिद घोषणा गरेपछि शालिक र पार्क स्थापना गरिएको थियो ।
अहिले धामी मतदाताको घरदैलोमा पुगेर धन्यवाद, अभार प्रकट गरिरहेका छन् । उनी बेलडाँडी गाँउपालिका ४वैवाहका वासिन्दा हुन् । जनक धामीले २४ हजार ३३२मत ल्याएका थिए ।

