ghar sansar

कञ्चनपुरमा भयावह बन्दै लागु औषध कारोबार, प्रहरीले मात्रै सक्छ त नियन्त्रण गर्न ?

little buddha academy
khasi

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चालु आर्थिक वर्ष २०८२÷०८३ अन्तर्गत फागुन महिनामा गरेको कार्यसम्पादन सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको विवरण अनुसार लागूऔषध नियन्त्रणदेखि अवैध मदिरा र भन्सार छलीका सामान नियन्त्रणमा प्रहरीले उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ ।

,orning glory badhai
dirghayi clinic

प्रहरीका अनुसार फागुन महिनामा लागूऔषध सम्बन्धी १८ वटा मुद्दा दर्ता भएका छन्। सो क्रममा ४१ जना व्यक्ति पक्राउ परेका छन्, जसमा २ जना महिला र ३९ जना पुरुष रहेका छन् । पक्राउ परेकाबाट २.५१ ग्राम चरेश, ४९.९ ग्राम खैरो हेरोइन तथा १०५ एम्पुल लागूऔषध बरामद गरिएको छ ।

त्यसैगरी अवैध मदिरा नियन्त्रण अभियान अन्तर्गत प्रहरीले १,३४१ लिटर मदिरा र १९९ लिटर कच्चा पदार्थ बरामद गरेको जनाएको छ ।

यस्तै, भन्सार छलीका विभिन्न अवैध सामानहरू समेत नियन्त्रणमा लिइएको छ। प्रहरीले अन्दाजी मूल्य २६ लाख ७१ हजार ६३६ रुपैयाँ बराबरका सामान बरामद गरेको जानकारी दिएको छ ।

Himal dental
सम्बन्धित
Loading...