ghar sansar

कैलाली प्रहरी किन गर्दैछ यस्तो

little buddha academy
khasi

नारायण अवस्थी
धनगढी । कैलाली प्रहरीले न्यायाधिशलाई नै झुक्याएको घटना सार्वजनिक भएको छ । हाल प्रहरी हिरासतमा रहेका डिएफओ कृष्णदत्त भट्टलाई थुनामा राख्न पाँच दिन म्याद थपाउन प्रहरीले न्यायाधिशलाई नै झुक्याएको दाबी गरिएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहलाई पाँच लाख घुस मागेको आरोप लगाएपछि पक्राउ परेका डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टलाई पाँच दिन प्रहरी हिरासतमा राख्न प्रहरीले न्यायाधिशलाई झुक्याउने काम गरेको भट्टका कानुन व्यवसायी अधिवक्ता गम्भीरसिंह ऐरको दाबी छ ।

,orning glory badhai

चैत २ गते मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएको आधारमा भट्टलाई पक्राउ गरिएको थियो। भट्ट अहिले कैलाली प्रहरीको हिरासतमा छन् ।

dirghayi clinic

अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका भट्टलाई थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न कैलाली अदालतले बुधवार बिहान १० बजे नै म्याद थप गराएको अधिवक्ता ऐरले बताए। उनले म्याद थप गराउन प्रहरीले भट्टलाई अदालत समक्ष पेस नगरेको बताए ।

प्रहरी थुनामा रहेका व्यक्तिलाई थप अनुसन्धान गर्न समय माग भए मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ अनुसार म्याद थप हुनुपर्ने भए पनि डिएफओ भट्टलाई न्यायाधिश समक्ष उपस्थित नै नगराई म्याद थपिएको अधिवक्ता ऐरले बताएका छन् ।

भट्टका आफन्तले समेत म्याद थपका लागि प्रहरीले भट्टलाई न्यायाधिश समक्ष उपस्थित नगराएको दाबी गरेका छन् । उनीहरूले प्रहरीले झुक्याएर बुधवार बिहानै पाँच दिन हिरासतमा राख्ने म्याद थप गराएको दाबी गरेका छन् ।

तर जिल्ला सरकारी वकिल कार्यालय कैलालीका न्यायाधिवक्ता देवराज भारतीले भने प्रहरीले भट्टलाई म्याद थप्ने प्रयोजनका लागि बुधवार बिहानै सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको दाबी गरेका छन्।

तर, भट्टका वकिल र आफन्तले भने प्रहरीले न्यायाधिश समेतलाई झुक्याएर अदालतमा उपस्थित नै नगराई पाँच दिन हिरासतमा राख्ने म्याद थप गराएको दाबी गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...