ghar sansar

जिल्ला स्तरीय महिला तथा पुरुष बीच कबड्डी प्रतियोगिताको विजेता बन्यो वेष्टर्न एकेडेमी

khasi

महेन्द्रनगर । जिल्ला स्तरीय महिला तथा पुरुष बीच कबड्डी प्रतियोगितामा वेष्टर्न पब्लिक एकेडेमी विजेता भएको छ । प्रतियोगिताको महिला र पुरुष दुबैमा वेष्टर्न एकेडेमी विजयी भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ शुक्लाफाँटा नगरपालिका ७ नम्बर वडाको टीम र महिलातर्फ शान्ति निकेतन माध्यमिक विद्यालय ऐठपुर दोस्रो भए । यसैगरी पुरुषतर्फ सागर सोप्ट्र्स क्लब र वेस्टर्न एकेडेमी टीम बी तथा महिला तर्फ वेस्टर्न एकेडेमी दी तृतीय भए ।

dirghayi clinic

प्रतियोगिताको उत्कृष्ठ खेलाडी वेस्टर्नका प्रकाश गिरी भए । भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमको प्रमुख आतिथ्यमा समापन कार्यक्रम गरियो ।

कार्यक्रममा भमिदत्त नगरपालिका १० का वडा अध्यक्षा तथा सुदूरपश्चिम कबड्डी संघका अध्यक्ष महेश चन्द, भीनपा ७ का वडा अध्यक्ष तथा नेपाल भारोत्तलन संघका उपाध्यक्ष गणेश चन्द र भनिपा ९ का वडा अध्यक्ष गगन कार्की विशिष्ठ अतिथि थिए ।

स्पोर्टस एकेडेमी एण्ड फिट्नेश सेन्टर हल्दुखालले प्रतियोगिता आयोजना गरेको हो ।

एकेडेमीका अध्यक्ष कबड्डीका वरिष्ठ प्रशिक्षक बिष्णुदत्त भट्टले कबड्डीका नयाँ खेलाडी उत्पादन र खेलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

 

Himal dental
सम्बन्धित
Loading...