ghar sansar

महाकाली बगरमा बालुवा चालेर चलाउँछन् जीविका

khasi

महेन्द्रनगर । बैतडीको पाटन नगरपालिका–७ किमतोलीकी राजु चन्द विगत ७ वर्षदेखि महाकाली नदीको बगरमा बालुवा चालेर जीविकोपार्जन गर्दै आएकी छन् । उनको साथमा उनकी छोरी गोमती चन्द पनि दैनिक श्रममा व्यस्त छिन् ।

गोमती कक्षा १० मा अध्ययनरत छन्। उनले यस वर्ष ग्रेड सुधारका लागि एसईई परीक्षा दिने तयारी गरिरहेकी छन्। आर्थिक अवस्था कमजोर भएकै कारण पढाइसँगै श्रम गर्न बाध्य भएको उनी बताउँछिन् ।

Anant bahu travels

“पढाइ जारी राख्नकै लागि बालुवा चाल्ने काम गर्नुपरेको हो,” गोमतीले भनिन् ।

गत वर्ष धनगढीस्थित सरस्वती माध्यमिक विद्यालयबाट एसईई दिएकी उनले आफ्नो अध्ययन निरन्तरता दिन मजदुरी रोजेको बताइन् ।

dirghayi clinic

राजु चन्दका अनुसार बालुवा चाल्ने काम कार्तिक–मंसिरदेखि सुरु भई जेठ मसान्तसम्म चल्ने गर्दछ। “दुई छोरा पढाइका लागि डेरामा छन्, घर खर्च धान्न यही कामको भर छ,” उनले भनिन् ।

यस्तै, शुक्लाफाँटा नगरपालिका–४ का रामबेटी राना र गणेश राना श्रीमान–श्रीमती हुन्। उनीहरू बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म निरन्तर काम गर्छन् । यति लामो समय श्रम गर्दा पनि उनीहरूको औसत दैनिक आम्दानी करिब ९ सय रुपैयाँसम्म मात्र हुने गरेको छ ।

“गाउँघरमा काम गर्दा दिने–नदिने निश्चित हुँदैन, तर यहाँ नगद पाइन्छ, जसले घर खर्च चलाउन सहज भएको छ,” उनीहरूले भने ।

तर, बालुवा चाल्ने मजदुरी दर एकरूप नहुँदा श्रमिकहरू मारमा परेको उनीहरूको गुनासो छ । काम भए पनि उचित पारिश्रमिक र निश्चित दर नहुँदा दैनिक गुजारा चलाउनै चुनौती बनेको उनीहरूको भनाइ छ ।

 

Himal dental
सम्बन्धित
Loading...