ghar sansar

कञ्चनपुरका दक्षिणी क्षेत्रका खुला नाकाबाट यसरी आउँछ ह्वारह्वार्ती ब्राउन सुगर

little buddha academy
khasi

महेन्द्रनगर । बेलौरी नगरपालिका – १० सडकघाटबाट इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाले २९ ग्राम बढी लागुऔषध ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ । बिहीबार राति प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

राति ११ः०० बजे १४ ग्राम ७२० मिलिग्राम हेरोइन सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा डडेलधुराको अमरगढी नगरपालिका–१ मालुमका २५ वर्षीय यादब तमौली र बागबजारका सन्जु मल्ललाई रहेका छन ।उनीहरुको साथबाट प्रहरीले से ७ प २०९९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

,orning glory badhai
dirghayi clinic

त्यस्तै प्रहरीले सडकघाट सोही स्थान बाट मध्यरात करिब १ बजे १५ ग्राम १६० मिलिग्राम ब्राउन सुगर सहित थप ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–११ का २६ वर्षीय हिक्मत बोहरा, कृष्णपुर नगरपालिका–५ का २४ वर्षीय दिपेन्द्र बिष्ट, कैलाली गोदावरी नगरपालिका–३ का २७ वर्षीय सुरेन्द्र साँउद र दार्चुलाको शैल्यशिखर नगरपालिका–६ का २८ वर्षीय जनक सिंह धामी छन् ।

उनीहरुको साथबाट प्रहरीले सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६३० नम्बरको विद्युतीय हाइस पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...