ghar sansar

भारतीय नम्बर प्लटेको गाडीको ठक्करले वनगाउँमा सुकासालका मोहन टेलरको मृत्यु

little buddha academy
khasi

महेन्द्रनगर । भारतीय नम्बरको ठक्करले वनगाउँमा एक वृद्धको ज्यान गएको छ । महेन्द्रनगर गड्डाचौकी सडक खण्डको वनगाउँ चौराह नजिक सडकमा गाडीको ठक्करले भीमदत्त नगरपालिका ५ सुकासालका ६२ वर्षिय मोहन टेलरको मृत्यु भएको छ ।

साइकलमा सवार टेलरलाई गाडीले ठक्कर दिएपछि उनको घट्नास्थलमै मृत्यु भएको हो ।

,orning glory badhai
dirghayi clinic

साँझपख बजारबाट घर जाने क्रममा गाडीले ठक्कर दिएपछि घट्नास्थलमै मृत्यु भएको मृतकका भतिजा नरेश सिलालले बताए ।

मृतक टेलरको शव महाकाली प्रादेशिक असपताल ल्याइएको छ ।

प्रहरीले गाडी सहित सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।
भारतीय गाडीमा सवार दुबै जनाले मादक पदार्थ सेवन गरेको हुन सक्ने आशंका गरिएको छ । उनीहरु क्यासिनोबाट घर फर्कि रहेको हुन सक्ने प्रहरीको भनाई छ ।

Himal dental
सम्बन्धित
Loading...