ghar sansar

सुदूरपश्चिमका अस्पतालमा राजनीतिक नियुक्तिपछि एमालेभित्र चर्कियो कलह, निशानमा छन् संसदीय दलका नेता रावल

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका अस्पताल व्यवस्थापन समिति पदाधिकारी नियुक्तिलाई लिएर सत्ता साझेदार नेकपा एमालेभित्र कलह चर्किएको छ ।

अस्पताल पदाधिकारी नियुक्ति विवादमा एमाले सुदूरपश्चिम संसदीय दलका नेता पूर्व मन्त्री राजेन्द्र सिह रावल निशाना परेका छन् । रावलले पार्टीसित सल्लाह नगरी एकलौटी रुपमा सत्तारुढ काँग्रेससित सम्झौता गरी पदाधिकारी नियुक्त गरेको एमालेले आरोव लगाएको छ ।

,orning glory badhai

सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयले चैत १ गते सेती प्रादेशिक अस्पताल सहित टिकापुर अस्पताल, लम्की चुहा, जोगबुडा र महाकाली प्रादेशिक अस्पालमा अध्यक्ष सहित सदस्य नियुक्त गरेको थियो ।

पदाधिकारी नियुक्त अस्पतालमा महाकाली र टिकापुर अस्पताल बाहेक सबै काँग्रेसलाई भाग लगाइएको छ । संसदीय दलका नेता रावलले पार्टीसित सल्लाह नगरी एकलौटी रुपमा भागबण्डा गरी आफू नजिककालाई अध्यक्ष र सदस्य बनाएको पार्टी आरोप छ ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले नेता रावलले एकलौटी गरी सम्पर्क बिहीन भएको भन्दै खोजीका लागि पार्टी केन्द्रलाई गुहारको छ ।

एमाले केन्द्रलाई रावललाई संसदीय दलका नेताको जिम्मेवारीबाट हटाउने आशयको पत्र पठाइएको हो । पत्रमा रावललाई खोजेर सम्पर्कमा ल्याई दिन आग्रह गरिएको छ । एमाले नेता कार्यकर्ताले सामाजिक सञ्जालबाट नियुक्ति विरुद्ध आक्रोश पोखेका छन् ।

dirghayi clinic

सामाजिक सञ्जालको आक्रोश एमाले संसदीय दलका नेता रावलको संसदीय दलका कार्यालयसम्म पुगेको छ ।

राष्ट्रिय युवा संघको कृष्णपुर नगर कमिटीले संसदीय दलका नेता रावल सम्पर्क बिहीन भएको भन्दै संसदीय दलको कार्यालयमा तालाबन्दी गरेको छ ।

संसदीय दलको कार्यालयमा तालाबन्दीपछि एमालेभित्र राजनीतिक नियुक्ति विवाद झन बल्झिने खतरा देखिएको नेताहरु बताउँछन् ।

कञ्चनपुरका रावल एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र नेता हुन् । अध्यक्ष ओलसम्म पहुँच भएपछि रावल प्रदेश सरकारका राजनीतिक नियुक्तिमा शक्तिशाली बनेका छन् ।

यस अघि रावलले सुदूरपश्चिम सरकार नीति तथा योजना आयोगको सदस्य पनि पार्टीसित सल्लाह नगरी नियुक्त गरेका थिए ।

एमाले खोजी रहेका संसदीय दलका नेता रावल भने आइतबार महाकाली प्रादेशिक अस्पतालका नव नियुक्त अध्यक्ष महेश प्रसाद पन्तको पदभार ग्रहण कार्यक्रममा सहभागी भए ।

पदभार ग्रहणपछि उनले आफूलाई टाइफाइड भएकाले अस्पताल भर्ना भएको बताए ।

Himal dental
सम्बन्धित
Loading...