ghar sansar

नयाँ अध्यक्षले कस्तो बनाउन खोज्दै छन् सेती अस्पताल

little buddha academy
khasi

हेमा भट्ट
धनगढी । सेती प्रादेशिक अस्पतालमा नवनियुक्त व्यवस्थापन समितिले औपचारिक रूपमा पदभार ग्रहण गर्दै स्वास्थ्य सेवा सुधार, पारदर्शिता र प्रभावकारी व्यवस्थापनप्रति दृढ प्रतिबद्धता व्यक्त गरेको छ ।

दिउँसो १ बजे अस्पताल परिसरस्थित सभा हलमा सम्पन्न गरिमामय कार्यक्रममा नयाँ नेतृत्वको आगमनसँगै संस्थागत सुधारको नयाँ अध्याय सुरु भएको सन्देश प्रवाह भएको छ।

,orning glory badhai

व्यवस्थापन समितिका अध्यक्ष डा. खगेन्द्र राज भट्टको नेतृत्वमा पदभार ग्रहण गरिएको कार्यक्रममा प्रमुख अतिथि बलराम जैसी भट्टले स्वास्थ्य क्षेत्रको संवेदनशीलता र सुधारका लागि बलियो नेतृत्व आवश्यक रहेको औंल्याए ।

उनले अस्पतालमा सेवा प्रवाह ढिलो हुनुका कारण पहिचान गर्दै सुधारतर्फ अग्रसर हुने, हाल सञ्चालनमा रहेको १२५ शैयाको सेवा विस्तार गर्ने, तथा स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै अघि बढ्ने धारणा व्यक्त गरे । साथै, भौतिक पूर्वाधार सुधार, सरसफाइ व्यवस्थापन र नियमअनुसार सेवा सुविधा सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

dirghayi clinic

उनले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले सेवा गुणस्तरीय, छिटोछरितो, पारदर्शी र सर्वसुलभ हुनुपर्ने बताए। “जनताको विश्वास जित्नु नै सबैभन्दा ठूलो उपलब्धि हो,” उनले भने, “त्यसका लागि व्यवस्थापन, चिकित्सक र कर्मचारीबीचको सशक्त समन्वय आवश्यक छ ।”

कार्यक्रममा निरन्जय शाह (सदस्य), दिनेश राज भट्ट, सरिता चौधरी लगायत अतिथिहरूको उपस्थिति रहेको थियो। साथै वरिष्ठ चिकित्सक, विभागीय प्रमुख, स्वास्थ्यकर्मी, कर्मचारी, सञ्चारकर्मी तथा बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो ।

स्वागत मन्तव्यसहित सुरु भएको कार्यक्रममा आयोजक पक्षले नयाँ नेतृत्वप्रति पूर्ण विश्वास व्यक्त गर्दै अस्पतालको समग्र विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको थियो ।

समापन मन्तव्य दिँदै अध्यक्ष डा. खगेन्द्र राज भट्टले सेती प्रादेशिक अस्पताललाई प्रदेशकै उत्कृष्ट र नमुना स्वास्थ्य संस्था बनाउने लक्ष्य प्रस्तुत गरे । उनले सेवाग्राहीको सहज पहुँच, गुणस्तरीय उपचार, आधुनिक प्रविधिको प्रयोग, कर्मचारीबीच समन्वय र अनुशासन कायम गर्दै पारदर्शी व्यवस्थापन प्रणालीलाई प्राथमिकता दिइने स्पष्ट पारे ।

“जनताको भरोसा जित्नु हाम्रो मुख्य दायित्व हो,” उनले भने, “हामी सेवा प्रवाहलाई अझ प्रभावकारी, छिटो र जनमुखी बनाउँदै सबै सरोकारवालासँग सहकार्य गरेर अस्पताललाई नयाँ उचाइमा पु¥याउनेछौं ।”

समग्रमा, पदभार ग्रहण कार्यक्रमले अस्पतालमा नयाँ ऊर्जा, उत्साह र सकारात्मक सन्देश प्रवाह गरेको छ। नयाँ नेतृत्वको दूरदर्शी सोच, सक्रियता र समर्पणले सुदूरपश्चिमका नागरिकले अझ गुणस्तरीय, भरपर्दो र सहज स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...