ghar sansar

खप्तड पर्यटन विकास बोर्ड अध्यक्षमा जमुना चन्द नियुक्त

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले खप्तड पर्यटन विकास बोर्डको अध्यक्षमा नेकपा (एमाले) की जमुना चन्दलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद् बैठकले चन्दलाई अध्यक्ष नियुक्त गरेको हो । बझाङको जयपृथ्वी नगरपालिका–१० की उनी एमालेबाट उपप्रमुख उम्मेदवार भइ पराजित भएकी थिइन् ।

,orning glory badhai
dirghayi clinic

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको पदाधिकारी नियुक्त गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले जानकारी दिए ।

समितिका सदस्यमा डोटीकी मायादेवी कुँवर, बझाङकी गोकुलदेवी सिंह र बाजुराको मीनबहादुर शाही नियुक्त भएका छन् ।

प्रदेश सरकार मातहत चार वटा विकास समिति रहेका छन् । पदाधिकारी नियुक्त गर्न बाँकी समितिको चाँडै नियुक्ति टुङ्ग्याइने मन्त्री सार्कीले बताए ।

Himal dental
सम्बन्धित
Loading...