ghar sansar

भीमदत्तको शिक्षक दरबन्दी मिलान अध्ययन कार्य दलकै विषयमा उठ्न थाले प्रश्न, मेयरको पार्टी समर्थकलाई मात्रै राखिएको गुनासो

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले शिक्षक दरबन्दी मिलान अध्ययनका लागि बनाएको दललाई लिएर गुनासो सुनिन थालिएको छ । भीमदत्त नगर कार्यपालिकाको फागुन अन्तिम साताको बैठकले दरबन्दी मिलान गर्ने निर्णय गरी अध्ययनका लागि कार्यदल बनाउने निर्णय गरेको थियो ।

नगर कार्यपालिका बैठक निर्णय अनुसार पूर्व जिल्ला शिक्षा अधिकारी देबीदत्त भट्टको नेतृत्वमा सात सदस्यीय कार्य दल बनाइएको छ । कार्य दलले अध्ययन कार्य सुरु गरि सकेको छ ।

,orning glory badhai

कार्य दलका सदस्यको राजनीतिक आस्थालाई लिएर गुनासा सुनिन थालिएका छन् । कार्य दलमा काँग्रेस समर्थक मात्रै राखिएको गुनासो आउन थालिएका छन् ।

कार्य दलका केही सदस्य शिक्षक सेवाबाट अवकाश पाएपछि काँग्रेस राजनीतिमा सक्रिय छन्। त्यस अघि उनीहरु काँग्रेसका शिक्षक संघमा सक्रिय थिए ।

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी काँग्रेस कञ्चनपुरका सभापति हुन् । सभापति बोगटीले आफ्नो पार्टी समर्थक पूर्व शिक्षकलाई राखेर दरबन्दी मिलानका लागि अध्ययन कार्य दल बनाएका हुन् ।

‘यो कार्य दल सदस्य हेर्दा सबै काँग्रेस समर्थक मात्रै हुनु हुन्छ, यसमा अन्य दललाई समेत समेटेर बनाइएको भए यसले गर्ने कामकाजमा आशंका हुँदैन थियो’ काँग्रेस सम्बद्ध शिक्षक संघका एक नेताले भने,‘त्यस कारण अहिले कार्य दल बन्दा यसले गर्ने कार्य निष्पक्ष हुने नहुने आंशका बढ्न स्वभाविक हो ।’

पूृर्व जिल्ला शिक्षा अधिकारी देबीदत्त भट्ट संयोजकत्वको कार्य दलमा नारा जोशी, हरिराज विष्ट, नरेन्द्र सिह भण्डारी, लालमनी पाण्डेय, शिक्षा विकास तथा समन्वय इकाई सदस्य र भीमदत्तको शिक्षा, युवा तथा खेलकूद शाखाका शाखा अधिकृत दिपेन्द्र विष्ट सदस्य सचिव छन् ।
यस अघि तीन वर्ष अघि भीमदत्तमा दरबन्दी मिलान गरिएको थियो । शिक्षक दरबन्दी मिलान विरुद्ध काँग्रेस सम्बद्ध शिक्षक संघले ४० दिन आन्दोलन गरेको थियो ।
आन्दोलनबाट माग पूरा नभएपछि शिक्षक संघले अदालत गुहारेको थियो । उच्च अदालत हुँदै मुद्दा सर्वोच्च अदालत पुगेको थियो ।
भीमदत्तका तत्कालिन मेयर सुरेन्द्र विष्टले नगर शिक्षा समितिबाट शिक्षक दरबन्दी मिलान गराएका थिए । शिक्षक दरबन्दी मिलानमा डेढ शिक्षकको सरुवा गरिएको थियो ।
शिक्षकका सबै ट्रेड र सरोकारवालासित छलफल गरी दरबन्दी मिलान गरिएको थियो । अहिले मेयर बोगटीको दरबन्दी मिलान कार्य दलका केही सदस्य आफैं आन्दोलनमा सहभागी भएका थिए ।
अहिले ती पूर्व शिक्षक कार्य दल सदस्य भएका छन् । ती सदस्यका कारण शिक्षकहरु राजनीतिक प्रतिशोधमा पर्ने त्रासमा छन् ।
शिक्षकहरु अहिले भीमदत्तको दरबन्दी मिलान गर्ने निर्णयको पक्ष र विपक्ष दुबैमा देखिएका छन् । अहिलेसम्म औपचारिक रुपमा शिक्षक र शिक्षकका संगठनले आधिकारिक धारणा बाहिर ल्याएको छैनन् ।

नेपाल शिक्षक संघ भीमदत्त नगर समितिका अध्यक्ष धर्मानन्द जोशीले शिक्षक दरबन्दी मिलान राम्रो भएकाले धेरै शंका उप शंका गर्न नहुने बताए ।

dirghayi clinic

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रीय महासचिव विरेन्द्र राज विष्टले दरबन्दी मिलानका गठन गरिएको कार्य दलमा विज्ञ शिक्षक भएकाले नतिजा राम्रो हुने अपेक्षा गरिएको बताए ।

‘कार्य दल बनाएर दरबन्दी मिलान प्रक्रिया सुरु गरिएको छ, त्यो समितिमा सबै सरहरु विज्ञ नै हुनु हुन्छ, वहाँहरुले भीमदत्तका सामुदायिक विद्यालयका वास्तविक अवस्था बुझेर कार्य गर्न हुने आशा छ’ उनले भने ।

राजनीतिक प्रतिशोध र विद्यालयलाई न्याय नहुने गरी दरबन्दी मिलान गरिए मान्य नहुने अध्यक्ष विष्टको भनाई छ ।

भीमदत्तले कार्यदललाई अध्ययन गरी प्रतिवेदन पेश गर्न ३० दिनको समय दिएको छ । कार्य दलको अध्ययन समय थप घट गर्न सक्ने अधिकार दिइएको छ ।

भीमदत्तका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख उप सचिव हरिदत्त जोशीले कार्य दलको अध्ययन प्रतिवेदनका आधारमा शिक्षक दरबन्दी मिलान, विद्यालय मर्जर, स्तरोन्नति, घटाउने लगायत कार्य गरिने बताए । ‘३० दिनको समय सीमा दिएर अध्ययन गर्न कार्य दललाई जिम्मा दिइएको छ, त्यसको प्रतिवेदका आधारमा नगरपालिका शिक्षा समितिले आवश्यक कार्य गर्छ’ उनले भने ।

भीमदत्तमा बाल विकास र प्राथमिक तहमा विद्यार्थी संख्या अनुसार शिक्षक दरबन्दी छन् । निमावि र माध्यमिक तहमा विषयगत शिक्षकका केही दरबन्दी अपुग छन् ।

दरबन्दी मिलानपछि निमावि र माविको दरबन्दी समस्या हल हुने विश्वास लिइएको जोशीले बताए ।

‘अहिले कहीं विद्यार्थी संख्या बढी, त्यहाँ शिक्षक दरबन्दी कम छ, कही शिक्षक दरबन्दी बढी छ, त्यहाँ विद्यार्थी कम छन्, यसो हेर्दा पाउनेले नपाएको र नपाउनेले पाएको अवस्था छ’ उनले भने,‘यो मिलान क्रममा विद्यालय मर्ज, आकार घटाउने कार्यले पनि केही दरबन्दी पूर्ति गर्न सजिलो हुन्छ ।’

प्राथमिक, निमावि र मावि तहमा ५०÷५० र बाल विकासमा २० विद्यार्थी बराबर एक शिक्षक दरबन्दी हुने व्यवस्था छ ।

Himal dental
सम्बन्धित
Loading...