ghar sansar

बालेन शाह शुक्रबार प्रधानमन्त्री

khasi

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा बालेन्द्र (बालेन) शाह चयन भएका छन्। रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले शाहलाई संसदीय दलको नेता चयन गरेको हो ।

dirghayi clinic

बैठकमा सभापति रवि लामिछानेले वरिष्ठ नेता शाहलाई संसदीय नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

Anant bahu travels

रास्वपाको संसदीय दलको नेता चयन भएसँगै बालेन शाहलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । रास्वपाले यसअघि नै शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा गएको थियो ।

बालेन शाहले भोलि प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम पनि तय भएको छ ।

Himal dental
सम्बन्धित
Loading...