ghar sansar

ओली र लेखक पक्राउको विरोध गर्दै काँग्रेस एमाले सडकमा, महेन्द्रनगरमा टायर बालेर विरोध, सरकार विरुद्ध नाराबाजी गर्दै प्रदर्शन

khasi

महेन्द्रनगर । पूर्व प्रधानमन्त्री केपी शर्मा आली पूर्व गृहमन्त्री रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरेपछि महेन्द्रनगरमा विरोध भएको छ । काँग्रेस एमालेले संयुक्त रुपमा पक्राउको विरोध गर्दै प्रदर्शन गरेका छन् ।

दुबै दलका नेता कार्यकर्ताले आ आफ्नो पार्टी कार्यालयबाट विरोध प्रदर्शन सुरु गरेका हुन् । बजार क्षेत्रमा प्रदर्शनपछि उनीहरुले दिउँँसो मदनचोकमा टायर बालेर विरोध गरेका छन्ु । पार्टी झण्डा सहित सडकमा आएका उनीहरुले सरकार विरुद्ध नाराबाजी समेत गरेका छन् ।

Anant bahu travels

शनिबार विहान पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृह मन्त्री रमेश लेखकलाई पक्राउ गरिएको थियो । लेखक पक्राउ भएपछि काँग्रेस कञ्चनपुरको पार्टी कार्यालयमा बैठक बसेर छलफल गरिएको थियो ।

बैठकपछि काँग्रेसले गृह मन्त्री लेखक पक्राउ विरोध गर्ने निर्णय गरेको हो । लेखकलाई शनिबार बिहान भक्तपुरको कटुञ्जेस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।

dirghayi clinic

यसैगरी एमाले कञ्चनपुरले सरकार विरुद्ध दिउँसो प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा लेखकलाई पक्राउ गरिएको हो ।

निजी आन्दोलनका क्रममा निजी निवास आगजनीबाट क्षतिग्रस्त भएपछि उनी सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आएका थिए ।

पूर्व गृहमन्त्री लेखक २०५६ देखि कञ्चनपुर ३ बाट लगातार साँसद निर्वाचित हुँदै आएकोमा फागुन २१ गतेको चुनावमा लेखकलाई टिकट रोकिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...