

महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा उत्रिएका एमालेका केही कार्यकर्ता प्रहरीको लाठी प्रहारबाट घाइते भएका छन् ।

प्रहरीसँग भएको घम्साघम्सीमा लाठी चार्ज हुँदा कार्यकर्ता युवराज ओली लगायत घाइते भएका छन् । सिँहदरबारको दक्षिण गेटतर्फ जाने क्रममा लाठीचार्ज भएको बताइएको छ।

सो क्रममा केही गाडी तोडफोड भएको र प्रदर्शनकारीलाई तितरवितर पार्न केही सेल अश्रुग्यस पनि प्रहार भएको थियो। प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरेका थिए ।
केहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
