ghar sansar

पूर्व मन्त्री खडका पनि पक्राउ, सात दिन हिरासतमा राख्न अनुमति

khasi

महेन्द्रनगर । सम्पत्ति शुद्धीकरणको कसुर मुद्दामा अनुसन्धान गर्न प्रहरीले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौंले सात दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

dirghayi clinic

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार बिहान खड्कालाई अनुसन्धान गर्न पक्राउ गरेको थियो। उनको बयान लिन सुरू समेत भइसकेको छ ।

‘दिपक खड्काको आज बयान कार्य सुरू भए पनि उनी विरूद्ध प्रमाणहरू बुझ्ने तथा बयान गराउने समेतका अनुसन्धान सम्बन्धी कार्यहरू बाँकी नै रहेकाले सो प्रयोजनको लागि प्रतिवादीलाई हिरासतमा राख्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुमति माग गरेको र अनुमति माग गरेको बेहोरा मनासिव देखिँदा दिपक खड्कालाई हिरासतमा राखी उपयुक्त लेखिए बमोजिमको कार्यहरू सम्पन्न गर्ने प्रयोजनका लागि आइतबारदेखि लागू हुने गरी ७ दिनको म्याद थपको अनुमति प्रदान गरिदिएको छ,’ अदालतको आदेशमा भनिएको छ ।

खड्का विरूद्ध भदौ २४ गते उनको घरमा जलेका नोटको सम्बन्धमा अनुसन्धान अघि बढाएको हो ।

Himal dental
सम्बन्धित
Loading...