ghar sansar

स्थानीयका माग पूरा भएपछि भीमदत्त तीन नम्बर वडा कार्यालयको ताला खुल्यो

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका–३ नम्बर वडा कार्यालय आठ दिनपछि फेरि खुलेको छ । गत साता वडाका स्थानीयले सडक निर्माण, ढल निकास र खानेपानी लगायतका माग राख्दै कार्यालयमा तालाबन्दी गरेका थिए ।

बुधबार स्थानीय र वडा कार्यालयबीच सहमति भएपछि कार्यालयको ताला खुलेको वडा सदस्य मीना कुँवरले जानकारी दिइन् ।

Anant bahu travels
dirghayi clinic

“एक हप्तादेखि कार्यालय बन्द हुँदा सेवाग्राहीले समस्या भोगिरहेका थिए,” उनीले भन्निन्, “स्थानीयका जायज माग सम्बोधन भएपछि वडाको सेवा सुचारु भएको हो ।”

कार्यालय बन्द हुँदा दैनिक आवश्यक सिफारिस, प्रमाणपत्र र जन्मदर्ता जस्ता सेवा पूर्ण रूपमा ठप्प हुँदा सेवाग्राहीले कठिनाइ भोगेको स्थानीय डबलबहादुर सिंहले बताए ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले नागरिकका माग सम्बोधन भइसकेको जानकारी दिँदै भने, “सडक निर्माणसम्बन्धी माग पालिकाले सम्बोधन गरी प्रक्रिया अघि बढाइरहेको छ ।  जसमा सम्भव नभएका योजना प्रदेशको बजेटबाट पूरा गरिनेछ ।

Himal dental
सम्बन्धित
Loading...