ghar sansar

एसइई सुरु, सुदूरपश्चिममाा ४५ हजार बढी विद्यार्थी सहभागी

khasi

महेन्द्रनगर । आज (बिहीबार)देखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । एसईईमा सुदूरपश्चिमबाट ५३ हजार ९ सय ७३ परीक्षार्थी सहभागी भएका छन् ।

शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमका महानिर्देशक दुर्गा दत्त विष्टका अनुसार परिक्षा सम्पूर्ण तयारी पूरा भएको बताए ।

Anant bahu travels

“प्रश्नपत्र र उत्तरपुस्तीकाहरु सम्बन्धित परीक्षा केन्द्रमा पुगेर सिट प्यालन भइसकेको छ,” महानिर्देशक विष्टले भने, “परीक्षालाई शान्तिपूर्ण सम्पन्न गर्न जनशक्ति परिचालन गरिएको छ ।”

dirghayi clinic

उनका अनुसार सुदूरपश्चिमबाट नियमिततर्फ ४० हजार ७१०, प्राविधिक धारका एक हजार ७७८ र ग्रेडवृद्धिमा ११ हजार ४८५ परीक्षार्थीहरू परीक्षामा सहभागी हुने जानकारी दिइएइको छ ।

परीक्षामा सबैभन्दा बढी कैलालीमा १८ हजार २७८ विद्यार्थी छन्। सबैभन्दा कम बाजुरामा दुई हजार ४२६ विद्यार्थी छन्। दार्चुलामा तीन हजार ५६८, कञ्चनपुरमा १० हजार ८९८, बैतडीमा चार हजार ५२९, अछाममा चार हजार ४९१, बझाङमा तीन हजार ४२१, डोटीमा तीन हजार ३१४ र डडेल्धुरामा तीन हजार ४८ परीक्षार्थी छन् ।

महानिर्देशक विष्टका अनुसार प्रदेशभर २२१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । २२१ केन्द्राध्यक्ष र ३७३ सहायक केन्द्राध्यक्ष तथा दुई हजार ७२८ जना निरीक्षकलाई परीक्षामा गरिएको छ ।

प्रतिपरीक्षा केन्द्रमा १५ जनाका दरले तीन हजार ३१५ प्रहरी, ४६९ जना परीक्षा सहायक र एक हजार १०३ जना सहयोगी कर्मचारी खटिएको निर्देशनालयले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...