

महेन्द्रनगर । भीमदत्त नगर सहकारी सञ्जालले ६९ औं सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको
छ । सहकारी सञ्जालका अध्यक्ष ईश्वरी प्रसाद खरेलल दिवसको अवसर पारी प्रभात फेरि र अन्र्तक्रिया कार्यक्रम गरिने जानकारी दिए ।
यस वर्ष सहकारी दिवसको नारा उद्यमशिलता र पारदर्शिता, सहकारीको प्राथमिकता भन्ने छ ।



सहकारी सञ्जालका अध्यक्ष खरेलले सहकारी राष्ट्रिय अर्थतन्त्रको प्रमुख स्तम्भ भएको र सहकारीले उत्पादनलाई जोड दिएर देशलाई आर्थिक समृद्धिमा लैजान सक्ने बताए ।
शुक्रबार विहान भीमदत्त नगरपालिका कार्यालयमा भेला भएर प्रभातफेरि गर्ने तयारी छ । महेन्द्रनगर बजार क्षेत्रमा प्रभातफेरि गरी कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा ओपचारिक कार्यक्रम आयोजान गरिने भएको छ ।
कार्यक्रममा सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि, सहकारी अभियन्ता, सहकारी संस्था सहभागी हुने भएका छन् ।
