ghar sansar

आफ्नै कानुनलाई धोती लगाउँदै भीमदत्त

नियमावली मिचेर अध्या स्कुललाई स्थानान्तरण अनुमति, आर्थिक चलखेलको आशंका

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका नगर कार्यपालिकाले बिहीबार कानुन मिचेर विवादास्पद निर्णय गरेको बाहिर आएको छ ।

भीमदत्त नगरपालिका शिक्षा नियमावली २०७९ को नियम १६ को उप नियम ४ मिचेर भीमदत्त नगरपालिका १८ मा सञ्चालन अनुमति दिइएको निजी विद्यालयलाई स्थानान्तरण अनुमति दिने निर्णय गरेको छ ।

Anant bahu travels

भीमदत्तको शिक्षा, युवा तथा खेलकूद शाखाले बिहीबार कार्यपालिका बैठकमा अध्या स्कुललाई भीमदत्त नगरपालिका ३ जगन्नाथ टोलस्थित फारवेष्ट स्कुल अफ मेडिसिनको भवनमा स्थानान्तरण अनुमतिको लागि प्रस्ताव गरेको बताइएको छ ।

शाखाको प्रस्तावका आधारमा विद्यालयलाई स्थानान्तरण गर्ने अनुमति दिएको बाहिर आएको छ । कार्यपालिका बैठकको निर्णय आधिकारिक पुुष्टि हुन सकेको छैन ।

भीमदत्तले कार्यपालिका बैठकपछि निर्णय सार्वजनिक गरेको छैन । कार्यपालिका बैठकमा सहभागी एक सदस्यले स्कुल स्थानान्तरणको प्रस्ताव आएर छलफल भएको बताए ।

‘छलफल त भएको छ, निर्णय गर्ने कुरा थियो,’ ती कार्य पालिका सदस्यले भने ।

कार्य पालिका बैठकमा स्थानान्तरण प्रस्ताव नै नगर शिक्षा नियमावली मिचेर लगिएको छ ।

शिक्षा नियमावली २०७९ को नियम १६ को उप नियम ४ मा संस्थागत विद्यालय स्थानान्तरण नहुने र गर्ने पर्ने भए एक पटक शर्त सहित स्थानान्तरण गर्न सकिने प्रावधान छ ।

dirghayi clinic

संस्थागत विद्यालयको भवन र जग्गा आफ्नो नाममा भए एक पटक स्थानान्तरण गर्न सकिने नियमावलीमा व्यवस्था छ ।

नियमावली अनुसार आध्या विद्यालयको नाममा भासीमा जग्गा र भवन दुबै नभएको नगरपालिका स्रोत बताउँछ ।

भाँसीस्थित फारवेष्ट स्कुल अफ मेडिसिनको भवन भाडामा लिएर विद्यालय सञ्चालन गर्न खोजिएको छ ।

विद्यालय र क्याम्पसबीच भाडा सम्बन्धि सम्झौता गरिएको छ ।

यो क्याम्पस भवन इन्टरनेशनल पब्लिक स्कुलसित जोडिएको छ । इन्टरनेशनल पब्लिक स्कुलसित जोडेर आध्या विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ ।

भीमदत्त नगरपालिकाले आफ्नै कानुन मिचेर विद्यालय स्थानान्तरणका लागि अनुमित दिने निर्णय गरेको हो । आर्थिक लेनदेनका आधारमा नियमावली मिचेर निर्णय गरिएको हुन सक्ने आशंका आउन थालेका छन् ।

‘कानुन विपरितका कार्य आर्थिक चलखेल नगरी हुने कुरा हुँदैन, त्यसो हो भने हामी त्यसलाई रोक्छौ’ बैठकमा सहभागी कार्यपालिका सदस्यले भने ।

भीनपा १८ स्थित धुु्रब विद्या निकेतन बन्द भएपछि माइल स्टोन एकेडेमी हुँदै अहिले आध्याका नामले सञ्चालन गर्न लागिएको हो ।

भीमदत्तले विद्यालय स्थानान्तरण गर्ने तयारी गरेपछि इन्टरनेशलले केही दिन अघि नगरपालिकामा सूचनाको हक प्रयोग गरी विद्यालयसंग सम्बन्धि सूचना माग गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...