ghar sansar

दोधारा चाँदनी नगरपालिकाको सभा कक्षमा प्रगतिशिल लेखक संघको अन्तर्राष्ट्रिय संगोष्ठी, पूर्व परराष्ट्र मन्त्री ज्ञवाली समेत सहभागी

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाको सभा कक्षमा अन्तर्राष्ट्रिय संगोष्ठी सुरु भएको छ । एमाले नेता पूर्व परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गोष्ठी उद्घाटन गरेका छन् ।

प्रगतिशिल लेखक संघ नेपालले प्रज्ञा प्रतिष्ठान र दोधारा चाँदनी नगरपालिकाको सहयोगमा गोष्ठी गरेको छ ।

,orning glory badhai

गोष्ठीमा सुदूरपश्चिम सहित देशभरका दुई सय बढी लेखक, कलाकार, साहित्यकार सहभागी भएका छन् । प्रगतिशिल लेखक संघले परिषद् बैठकसंगै गोष्ठी पनि आयोजना गरेको छ ।

dirghayi clinic

गोष्ठीको अध्यक्षता देबी क्षेत्री बुडालले गरेका छन् । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावल पनि गोष्ठीमा सहभागी छन् ।

अन्तराष्ट्रिय गोष्ठीमा भारतीय लेखकहरुले पनि कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

गोष्ठी उद्घाटन अघि पूर्व परराष्ट्र मन्त्री ज्ञवालीले सुख्खा बन्दरगाह निर्माण स्थल, कुतियाकवर लगायतका क्षेत्र अवलोकन गरे ।

गोष्ठीका कारण दोधारा चाँदनी नगरपालिका कार्यालयमा भीडभाड बढेको छ । गोष्ठी अघि कार्यालय प्राङ्गणमा छलिया नृत्य प्रस्तुत गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...