ghar sansar

फेसबुकमा लेखक सहितको यो तस्बिर राख्दै होटल व्यवसायी भट्टले भने– रमेश लेखक दाइप्रति मेरो साथ र सम्मान व्यक्त गर्न चाहन्छु

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघका सदस्य जगदीश भट्टले पूर्व गृहमन्त्री रमेश लेखकको पक्षमा आफ्नो साथ, सम्मान र विश्वास व्यक्त गरेका छन् । उनले लेखकले देश र कञ्चनपुरका लागि पु¥याएको योगदान नजिकबाट देखेको भन्दै वर्तमान अवस्थामा पनि आफ्नो समर्थन लेखकप्रति अझ बलियो रहेको बताएका हुन् ।

भट्टले जेनजी आन्दोलनको सुरुवातमै गृह मन्त्रीको जिम्मेवारी सम्हाल्दा लेखकले पहिलो दिनमै नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा दिएको प्रसंग उल्लेख गर्दै उक्त कदमलाई उनको चरित्र र मूल्यप्रतिको प्रतिबद्धताको उदाहरणका रूपमा व्याख्या गरेका छन् ।

,orning glory badhai

त्यसैगरी, उनले देश हाल परिवर्तनको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै नयाँ सरकारप्रति आशा र विश्वास समेत व्यक्त गरेका छन् । विशेषगरी बालेन शाह को नेतृत्वमा कानूनको शासन, पारदर्शिता र उत्तरदायित्वतर्फ देखिएको प्रतिबद्धता सकारात्मक रहेको उनले बताएका छन् ।

भट्टका अनुसार वर्तमान सरकारप्रति नेपाली जनताको उच्च अपेक्षा रहेको छ । उनले नयाँ सोच, ऊर्जा र जनमुखी दृष्टिकोणमार्फत देशलाई सुशासन र विकासतर्फ अघि बढाउने विश्वास व्यक्त गर्दै सरकारले कानूनमा आधारित शासन सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

dirghayi clinic

उनले सरकार साँच्चिकै कानूनअनुसार अघि बढेमा सत्य र न्याय स्थापित हुने तथा निर्दोषले न्याय पाउने विश्वास व्यक्त गरेका छन् । जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

लेखक पक्राउपछि काँग्रेसले आधिकारिक रुपमा विरोध गर्न नसकेपछि उनको पक्षमा दल बाहिरबाट समर्थन गर्न थालिएको हो ।

लेखकको गिरफ्तारी विरुद्ध कञ्चनपुर काँग्रेसेले केही दिन एमालेसित मिलेर आन्दोलन गरेको थियो । सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र लेखकलाई शनिबार बिहान पक्राउ गरेको थियो । लेखक कञ्चनपुरका ३ का निवर्तमान साँसद हुन् ।

उनले सामाजिक संजाल फेशबुकमा लेखेका छन्

आज यो तस्वीरसँगै म आदरणीय रमेश लेखक दाइप्रति मेरो साथ र सम्मान व्यक्त गर्न चाहन्छु। देश र जिल्लाका लागि उहाँले गर्नुभएको योगदानलाई नजिकबाट देखेको छु। त्यसैले यो कठिन समयमा उहाँप्रति मेरो साथ, विश्वास र सम्मान अझ बलियो छ। न्भल श् आन्दोलनको सुरुवातमै गृह मन्त्रीको जिम्मेवारीमा रहँदा, उहाँले पहिलो दिनमै नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा दिनुभएको थियो जुन उहाँको चरित्र र मूल्यहरूको प्रमाण हो ।

नेपाल परिवर्तनको महत्वपूर्ण चरणमा छ। नयाँ सरकार, विशेषगरी बालेन शाहज्यूको नेतृत्वमा, कानूनको शासन र उत्तरदायित्वतर्फ देखिएको प्रतिबद्धता प्रशंसनीय छ। सम्माननीय प्रधानमन्त्री बालेन शाह प्रति आज सम्पूर्ण नेपालीहरूको आशा, विश्वास र सकारात्मक अपेक्षा जोडिएको छ । उहाँको नेतृत्वमा नयाँ सोच, ऊर्जा र जनमुखी दृष्टिकोणको अनुभूति हुँदैछ, जसले देशलाई सुशासन, पारदर्शिता र विकासतर्फ अघि बढाउने विश्वास दिलाएको छ । आज नेपाल मात्र होइन, विश्वले समेत हाम्रो नयाँ सरकारलाई चासोका साथ हेरिरहेको छ।यो अवसरलाई उदाहरणीय नेतृत्वमार्फत सफल बनाउने जिम्मेवारी उहाँमाथि रहेको छ । हामी सबै नेपालीहरू उहाँप्रति उच्च सम्मान व्यक्त गर्दै, यो सरकार साँच्चिकै जनताको सरकार बन्नेछ भन्ने आशामा एकजुट छौं। जनताको अपेक्षा स्पष्ट छ ,यो सरकार साँच्चिकै कानूनले चल्ने सरकार बनोस् । म विश्वास गर्छु यो सरकार यदि साँच्चिकै कानूनमा आधारित छ भने, सत्य र न्याय अवश्य स्थापित हुनेछ, र निर्दोषले न्याय पाउनेछ ।

Himal dental
सम्बन्धित
Loading...