ghar sansar

प्रजातन्त्रमा नै दल र नेता खतम भन्दै भाषण गरी सबै बढारेर ठूलो पार्टी भएर सरकार बन्योे : मेयर बोगटी

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले प्रजातन्त्रमा राजनीतिक दल विरोधी प्रचार गरी आफैैंले दल गठन गरी सबैलाई बढारेर सरकार बनाएको बताएका छन् ।

६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा मेयर बोगटीले प्रजातान्त्रिक व्यवस्थामा नेता र राजनीतिक दल भ्रष्ट र चोर भन्दै भ्रम फैलाएको बताएका हुन् ।

‘२०४६ को प्रजातान्त्रिक व्यवस्थापछि नेता चोर हुन्, भ्रष्ट हुन भन्ने हल्ला फैलाइयो, नेताहरुलाई खुइल्याई सकेपछि, बदमान गरि सकेपछि २०४६ पछि पटकट पटक दलहरले शासन गरे, के गरे यिनीहरुले तर २०४६ सालमा खाल्डाखुुल्डी भएको बाटो आज फिलिली छ, तर त्यो बेला जन्मेकाले त्यो देखेको हुँदैन, त्यो बेला हिलो देखेको हुँदैन, त्यस कारण आज मैले भन्नु खोजेको के हो भने’ उनले भने,‘दलहरु खतम हुन भनियो, भाषण गरियो, दलहरु खत्तम हुन भन्नेले दल खोल्यो, सबै बढारेर प्रमुख पार्टी बन्यो, मैले उनीहरुलाई नराम्रो भनेको होइन कि परिस्थिति यस्तो छ , मुलुकमा अझै पनि विषम परिस्थिति छ ।’

काँग्रेस कञ्चनपुरका सभापति समेत रहेका बोगटीले जेलबाट कैदीबन्दी भगाएर लगेपछि आज सरकार बनेको उल्लेख गर्दै उनले देशका लागि सबैभन्दा ठूलो प्रजातन्त्र भएको बताए ।

dirghayi clinic

प्रजातन्त्रमा सहकारी संस्था फस्टाउन सक्ने मेयर बोगटीले उल्लेख गरे । सहकारी प्रजातन्त्रको आधारस्तम्भ भएको मेयर बोगटीको भनाई थियो ।

मेयर बोगटीले प्रजातन्त्रमा बोल्ने अधिकार र राजनीतिक दल खोल्ने अधिकार सबैलाई हुने बताए ।

महिलालाई प्रजातन्त्र आउन अघि बोल्ने अधिकार नभएको उल्लेख गर्दै मेयर बोगटीले चुलो चौकामा सीमित महिलाहरु राज्य सञ्चानलमा देखिएको भन्दै खुसी व्यक्त गरे ।

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले भाषण गरेपछि सर्वसाधारणले अनायश ताली बजाए जस्तै नेपालमा पनि त्यसको असर परेको मेयर बोगटीले उल्लेख गरे ।

‘तर त्यो होइन, आज भारतमा मोदीले भाषण गरेपछि त्यसै परपर ताली बजाउने गरिन्छ, त्यो हामीकहाँ नेपालमा पनि भयो’ उनले भने,‘आर्थिक नीति, सामाजिक नीति, सहकारी नीति बनाउने काम गर्नु पर्छ भन्ने कुरा पनि थाह छ, तर आज भोलि के छ भनेर मान्छे उकासेर ठूलो भाषण गरेपछि ताली बजेपछि हुन्छ भन्ने छ ।’

Himal dental
सम्बन्धित
Loading...