ghar sansar

डिपी अर्याल सभामुख

little buddha academy
khasi

महेन्द्रनगर । प्रतिनिधिसभाको सभामुख पदका लागि सांसद डीपी अर्याल निर्विरोध चयन भएका छन् । यद्यपि, उनको औपचारिक घोषणा भने अब बस्ने प्रतिनिधिसभा बैठकबाट गरिनेछ ।

सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो। सो अवधिमा अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन् ।

,orning glory badhai
dirghayi clinic

प्रतिनिधिसभा नियमावलीअनुसार यदि सभामुख पदमा एक मात्र उम्मेदवार हुन्छ भने समर्थक सदस्यले प्रस्ताव प्रस्तुत गरेपछि बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था छ । अब यो प्रक्रिया आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा पूरा हुनेछ ।

प्रतिनिधिसभामा सत्तारूढ दल रास्वपाको स्पष्ट बहुमत रहेको कारण अन्य दलहरूले उम्मेदवारी दिएका थिएनन् । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद छन् भने नेपाली काँग्रेसका ३८, नेकपा एमालेका २५, नेकपा १७, श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद छन् ।

सभामुख चयनसँगै अब उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ । उप सभामुखको निर्वाचन सभामुखले तोकेको मिति र समयमा हुनेछ ।

Himal dental
सम्बन्धित
Loading...