ghar sansar

सहकारी संस्थालाई पनि मर्ज गरि दिन खरेलको आग्रह

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगर सहकारी सञ्जालका अध्यक्ष ईश्वरी प्रसाद खरेलले सहकारी संस्था एकीकरण(मर्ज) गर्न मेयर पदम बोगटीसित आग्रह गरेका छन् ।

६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुक्रबार गरिएको कार्यक्रममा अध्यक्ष खरेलले भीमदत्तले शिक्षक दरबन्दी मिलान र विद्यालय मर्जर गर्ने निर्णय अघि बढाएझै सहकारीलाई पनि मर्ज गर्ने आवश्यकता भएको भन्दै मेयर बोगटीसित आग्रह गरेका हुन् ।

,orning glory badhai

मेयर बोगटीको प्रमुख आतिथ्यमा कार्यक्रम गरियो । अध्यक्ष खरेलको सम्बोधन अघि मेयर बोगटीले आफ्नो मन्तव्य राखेका थिए ।

सञ्जाल अध्यक्ष खरेलले अनुदान पाउने आशमा धेरै सहकारी खोलिएको र अहिले अनुदान बन्द भएपछि ती सहकारी निष्क्रिय हुन पुगेको उल्लेख गरे ।

‘विद्यालय एकीकरण जस्तो सहकारी पनि एकीकरण मर्ज गरिनु पर्छ, सहकारी खोलेपछि अनुदान दिन्छौ भनेर खोल्न लगाए, अहिले अनुदान छैन’ उनले भने,‘सहकारी मर्ज गरौ, यो मर्ज गर्नै पर्ने हो, त्यसैले यो जसरी पनि हुन्छ मर्ज गरौ ।’

अध्यक्ष खरेलले अनुदान आउने आशमा सहकारी नबस्न समेत सहकारीलाई आग्रह गरे । ‘अनुदान आउला र खाउला भनेर नसोचौ’ उनले भने ।

सहकारी दिवसको नारा अनुसार कार्य व्यवहारमा देखिनु पर्ने अध्यक्ष खरेलको भनाई थियो ।

dirghayi clinic

यस वर्ष सहकारी दिवसको नारा नारा उद्यमशिलता र पारदर्शिता, सहकारीको प्राथमिकता भन्ने नारा सहित दिवस मनाइएको छ ।

राष्ट्रिय सहकारी महासंघले नारा मात्रै बनाउने र त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न वास्ता नगर्ने परिपाटी भएकोमा खरेलले असन्तुष्टि पोखे । ‘नारा जति नयाँ लगाए पनि त्यसलाई पार लगाउने गरी बनाउनु पर्छ’ उनले भने ।

अध्यक्ष खरेलको अध्यक्षतामा गरिएको कार्यक्रममा मेयर बोगटी प्रमुख र उप मेयर निलम लेखक जोशी विशिष्ठ अतिथि थिए ।

कार्यक्रममा मेयर बोगटी र उप मेयर जोशीले सहकारी संस्थाका हकहितका लागि स्थानीय सरकार सक्दो सहयोग गर्ने बताए ।

उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लि. प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्द, निङ्गलाशैनी बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी प्रेम सिह भाट, राष्ट्रिय सहकारी बैंक महेन्द्रनगर शाखाका प्रमुख प्रकाश कार्की, नेफ्सकुन महेन्द्रनगर फिल्ड कार्यालयका प्रमुख धर्मराज जोशी लगायतले शुभ कामना मन्तव्य राखे ।

कार्यक्रममा सहकारी सञ्जालका सदस्य प्रताप सिह साउँदले स्वागत मन्त्व्य राखे ।

सञ्जालका सचिव मोहन बहादुर चन्दले कार्यक्रम सञ्चालन गरे । सचिव चन्दले सहकारी संस्था सम्बन्धि सहभागीलाई जानकारी गराए ।

कञ्चनपुर उद्योग बाणिज्य संघमा कार्यक्रम अघि बजार क्षेत्रमा प्रभातफेरि गरिएको छ । भीमदत्त नगरपालिकाका सुरु भएर प्रभातफेरि बजार परिक्रमा गरी उद्योग बाणिज्य संघ पुगेको हो ।

कार्यक्रममा सहकारी संस्था, सहकारी संस्थाका व्यवस्थापक लगायतलाई सम्मान गरिएको छ । भीमदत्त नगरपालिका क्षेत्रमा ८७ सहकारी संस्था छन् ।

 

Himal dental
सम्बन्धित
Loading...