ghar sansar

सरकारी अड्डा धाउँदा लखतराम भएका लालमनी साँसद सहितको टोली पुगेपछि छन् आशावादी

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ८ र १० को सीमा गज्जर खोला किनारमा छ ८ नम्बरका लालमनी लुहारको घर र जग्गा । गाई गोठ त झन खोला नजिक छ । खोला कटान गरी गोठसम्म पुगि सकेको छ । लुहार परिवार बर्खामा अनिदो बसेर रात काट्छन् ।

उनीहरु खोलाले घर र जग्गा बगाउने चिन्ताामा सधैं हुन्छन् । यस वर्ष खोलामा करोडौ रुपैँयाको पुल बनेपछि लुहारको चिन्ता झन बढ्यो । पुलले खोलाको आकार खुम्चिएर पानीको प्रवाहले कटान तीव्र हुने चिन्ता लुहार परिवारमा थपियो । लुहार त्यसपछि घर खेत जोगाउन सरकारी अड्डा धाउन थाले । खोला किनार तटबन्ध माग राखेर उनी सबैतिर गुहार्दा पनि सुनुवाई नभए निराश भएर बसे ।

‘यो मेरो जग्गाको पश्चिमतिरको हल्दुखालको खोला हो, उत्तरबाट आउने यो गज्जरको खोला छँदैछ, यसले कटान गरी केही जग्गा लगि सकेको छ, बर्खामा मोबाइलमा मेसेज बज्छन्, सुत्नै सकिदैन’ अघिल्लो शनिबार घरमा भेटिएका उनलेका भनेका थिए, ‘यस वर्ष त झन नजिकै यति ठूलो पुल बनाइदैछ, यसले त झन मेरो उठीबास नै हुने भयो, तटबन्ध माग्दै धेरै ठाउँ पुगे, कहीबाट केही भएको छैन ।’

जिल्ला प्रशासन र पुल बनाउन पूर्वाधार विकास कार्यालय लगायत सबैतिर पुगेर हताश भएका लुहार केही दिनदेखि आशावादी देखिन थालेका छन् । काँग्रेस साँसद मधु भारती सहित पूर्वाधार विकास कार्यालय र वडा कार्यालयका जनप्रतिधिले घरमै खोला हेरेपछि घर जग्गा जोगिने आश राखेका छन् ।

‘ठूलो टोली आएर हेरेर फर्कियो, यसले मेरो घर जग्गा बच्छ भन्ने आश पलाएको छ’ उनले भने,‘ म त अब केही नि हुँदैन होला भनेर त्यसै टेन्सनमा गइ सकेको थिए ।’

भीनपा १० का वडा अध्यक्ष महेश चन्द र ८ का वडा अध्यक्ष मदन मिश्र सहित राजनीतिक दलका नेताले पनि खोलामा आएर हरेको लुहारले बताए ।

साँसद सहितको टोलीले खोलामा तटबन्ध लगायतका संरक्षण गर्ने आश्वासन दिएको छ ।

सुदूरपश्चिम सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत पूर्वाधार विकास कार्यालय कञ्चनपुरले ४ करोड ४९ लाखमा ठेक्का सम्झौता गरी पुल निर्माण कार्य अघि बढाएको हो ।

भीनपा १० र ८ का दुबै वडा कार्यालयबीच सहमतिमा पुल बनाउन लागिएको हो । पुल निर्माणबाट गज्जर राधाकृष्ण टोलका वासिन्दा आवातजावत गर्न सहयोग पुग्नेछ ।

dirghayi clinic

अहिले पुल निर्माण भइ रहेको स्थान नजिक दक्षिणतिर सरकारी बाटोमा बनाएको भए आफूले सरकारी अड्डा धाउनु पर्ने अवस्था नआउने लुहारले बताए ।

‘यो मेरो खेत भएर नक्साको बाटो छ, यही नेर पुल बनाएको भए मेरो मेरो खेतको खोला किनारमा तटबन्ध बनि हाल्थ्यो’ उनले भने,‘तर पुल नक्सा बाटो छाडेर तल वैकल्पिक बाटोमा बनाउँदा समस्या भयो ।’

पूर्वाधार विकास कार्यालयले सुरुमा नक्साको सरकारी बाटो प्रयोग हुने गरी पुल बनाउन अध्ययन गरिएको थियो । भीनपा १० गज्जर वस्तीमा एक परिवारले अवरोध गरेपछि पुल निर्माण अर्को स्थानमा गरिएको हो ।

लुहारको खोला किनारमा १६ कट्टा जग्गा थियो । त्यसमध्ये दुई कट्टा खोलाले कटान गरि बगाइ सकेको छ ।

‘अहिलेसम्म कटान भएके थियो, अब त झन हुने हो, खोला जोडले चलेर झन कटान हुन्छ’ उनले भने,‘मेरो घर खेत केही पनि बच्दैन होला ’ उनले भने ।

बैतडीको पाटन नगरपालिका किम्तोलीका लुहारका बुवाले भारतको मुम्बईमा मजदुरी गरी जग्गा किनेका हुन् । जग्गा किनेर घर बनाएपछि लुहार परिवार आएर बस्न थालेका हुन् ।
लुहारका तीन सन्तान र धर्म पत्नि छन् । उनका दुई छोरा इन्जिनियरिङ्ग अध्ययनरत छन् । छोरीले जेटिए पूरा गरेकी छन् ।
पुल निर्माण सुरु भएपछि गहुँ र तोरी भित्रयाउन छाडेर उनी खोलामा तटबन्ध निर्माण्का लागि सरकारी अड्डा पुगेका हुन् ।
साँसद भारती सहितको टोलीसित लुहारले जसरी भए पनि आफ्नो घर जग्गा बचाई दिन आग्रह गरे । ‘मुलाई जाली हालि दिनु पणो, जाली नहालि दियो गोठ त चलि जाने हो, त्यसपछि मेरो घरलै चलि जाने हो’ उनले भने,‘मेरा लागि यति बचाई दिनु परो ।’

पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी लक्ष्मण राज जोशीले लुहारले कार्यालयमा निवेदन दिएपछि कार्यालयले प्राविधिकलाई पठाएर फिल्डको वास्तविक अवस्थाबारे जानकारी लिइएको बताए ।

कार्यालयमा निवेदन परेपछि पूर्वाधार विकास कार्यालयका प्रमुख पदम बहादुर मडैले लुहारसित फोनमा कुरा गरेका थिए ।

साँसद भारती सहितको टोलीमा सहभागी भएर मडैले भेटेर जानकारी लिएका छन् ।

भीमदत्त नगरपालिका १० का वडा सदस्य हर्कराज गिरीले पुल आवश्यक भएको र लुहार परिवारको घर जग्गा कटान रोक्न आवश्यक पहल गरिने बताए ।

Himal dental
सम्बन्धित
Loading...