ghar sansar

भीमदत्तका मेयरले पूजापाठ गरी लक्ष्मी मावि बागफाँटामा गरे तीन तले भवन शिलान्यास

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले बागफाँटास्थित लक्ष्मी माध्यमिक विद्यालयमा पूजापाठ गरी भवन निर्माण कार्य शिलान्यास गरेका छन् । विद्यालयको भौतिक पूर्वाधार सुदृढ गर्दै गुणस्तरीय शिक्षामा टेवा पु¥याउने उद्देश्यले तीन तलाको नौ कोठे भवन बनाउन थालिएको छ ।

कार्यक्रममा बोगटीले शिक्षाको गुणस्तर सुधारका लागि पूर्वाधार विकास अत्यावश्यक रहेको उल्लेख गर्दै नगरपालिकाले विद्यालयको स्तरोन्नतिमा निरन्तर लगानी गरिरहेको बताए ।

,orning glory badhai

‘हामीले शिक्षा स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’ उनले भने ‘आगामी आर्थिक वर्षमा नगरपालिकाको अधिकांश बजेट शिक्षा, स्वास्थ्य क्षेत्रको स्त्तरोन्नती तथा त्यहाँका समस्या समाधानका लागि काम गर्ने गरि योजना बनाएको छु ।’

dirghayi clinic

भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम थारु चौधरीले नयाँ भवन निर्माणसँगै विद्यालयको शैक्षिक वातावरण अझ सुधार हुने विश्वास व्यक्त गरे । 

उनले स्थानीय तहको सहकार्य र समुदायको सहभागिताले विद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्न मद्दत पुग्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीले भवन निर्माणले विद्यार्थी संख्या वृद्धि र शिक्षण सिकाइ प्रक्रियामा सुधार ल्याउने बताए ।

उनले नगरप्रमुख बोगटीले सो विद्यालयको भौतिक विकास तथा विद्यालयका समस्या समाधानमा निरन्तर सहयोग गर्नुभएको बताउदैँ नगरपालिकाप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका अध्यक्ष दरशथ सिह भण्डारी, प्रधानाध्यापक परमानन्द नाथ लगायत शिक्षक, अभिभावक तथा विद्यार्थी सहभगी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...