ghar sansar

सुदूरपश्चिममा मुख्यमन्त्रीले बल्ल बनाउन पाए आफ्नै दलका नेतालाई वन मन्त्री

khasi

महेन्द्रनगर । प्रदेश सरकारले नियुक्त गरेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शिवराज भट्टले पद् तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा उनले शपथ ग्रहण गराएका छन् । प्रदेश प्रमुख नजिर मियाँलाई मन्त्री भट्टलाई पद् तथा गोपनीयताको शपथ ग्रहण गराए ।

Anant bahu travels
dirghayi clinic

लामो समयदेखि मन्त्रीबिहीन यो मन्त्रालयमा भट्टलाई पठाउने निर्णय भएपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनलाई मन्त्री नियुक्त गरेका हुन् । कांग्रेसको संसदीय दलको बैठकले भट्टलाई मन्त्री बनाउने निर्णयसहित सरकारलाई सिफारिश गरेको थियो ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री शाह, सभामुख भीमबहादुर भण्डारी लगायत सहभागी भएका छन् ।

यस अघि नागरिक उन्मुक्ति पार्टीका दुई साँसद मन्त्री भएर बर्खास्त भएका थिए । अहिले मुख्यमन्त्री शाहले आफ्नै दलका नेतालाई मन्त्री बनाएका हुन् ।

Himal dental
सम्बन्धित
Loading...